२००७ सालदेखिका फरार अभियुक्तलाई पक्राउ गर्न स्याङ्जा प्रहरी सक्रिय
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
फागुन २३, २०७५ शुक्रबार ०:१७:३४
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
♠ प्रकाश डोटेल ♠
स्याङ्जा । जिल्ला अदालत स्याङ्जामा विभिन्न घटना वा अभियोग लागेकाबाट १ हजार ३ सय वर्ष कैद सजाय र ८७ लाख रुपैयाँभन्दा बढी जरिवाना भुक्तान गर्न देखिन्छ । २००७ देखि २०७५ को हालसम्म जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसला बमोजिम १३ सय १२ वर्ष ११ महिना १४ दिन कैद सजाय र ८७ लाख १५ हजार १ सय ८४ रुपैयाँ ५५ पैसा असुल गर्न बाँकी रहेको स्याङ्जा जिल्ला अदालतले जनाएको छ ।
केही सार्वजनिक अपराध मुद्दा, बहुविवाह, कर्तव्य ज्यान मुद्दा, मानव बेचबिखन, अंशबण्डा, जबर्जस्ती करणी, सम्बन्धविच्छेद, कुटपिट तथा लुटपाट, लागुऔषध ओसारपसार, ठगीलगायतका अभियोग लागेकाबाट उक्त कैद तथा जरिवाना भुक्तान गर्न बाँकी देखिएको हो ।
अदालतबाट कैद र जरिवानाको सजाय तोकिएसँगै फरार रहेकालाई सजाय भुक्तानका लागि जिल्लाका सबै पालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, मालपोत, नापीलगायतका कार्यालयमा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई पक्राउ लगत विवरणसहित सम्बन्धित निकायमा पत्राचार गरेको अदालतका श्रेष्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।
अदालतले कैद सजाय र जरिवाना तोकेका व्यक्तिबाट जरिवाना उठाई दाखिला गरेमा उठाएको रकमको २५ प्रतिशत प्रोत्साहन भत्ता र कैद लागेको व्यक्तिलाई अदालतसमक्ष दाखिला गरेमा प्रति महिना १ सय ५० रुपैयाँका दरले प्रोत्साहनबापत रकम भुक्तानी गर्ने व्यवस्था रहेको श्रेष्तेदार आचार्यले बताए ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न घट्नामा संलग्न भई अदालतले दोषी ठहर भएका अभियुक्तहरु धमाधम पक्राउ गर्दै बिगो असुली गर्न सफल भएको छ । जबरजस्ती चोरी र जालसाजीमा संलग्न भई अदालतले दोषी ठह¥याएपनि फरार रहेका अभियुक्तबाट प्रहरीले बिगो असुली गरेको हो ।
प्रहरीले फरार रहेका अभियुक्तलाई पक्राउ गरी अदालतले बिगो सुनाएको रकम असुली गर्न सफल भएको प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । जबरजस्ती चोरीमा ५ जनाबाट ५० बिगो बराबर २ सय ५० रुपैयाँ र जालसाजीमा १२ जनाबाट १ हजार ४ सय ७८ बिगो असुली गरेको भण्डारीले जनाए ।
सजाय सुनाईएको फरार प्रतिवादीहरु पुतलीबजार नगरपालिका ८ र ९ का हुन । अदालतमा उपस्थित भई अदालतले तोकेको बिगो प्रतिवादीहरुले बुझाएको प्रहरीले जनाएको छ । पछिल्लो समय फरार सुचीमा रहेको अभियुक्तहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सफल हुदै आएको छ ।
चालु वर्षमै ३ दशक भन्दा अगाडी अदालतले दोषी सुनाएका अभियुक्त देखि ५ बर्ष अगाडीका करिव २ दर्जन अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ । फरार प्रतिवादी पक्राउ अभियानलाई प्रभाबकारी बनाउन मातहतका प्रहरीलाई परिचालन गरेको स्याङ्जाका प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जनाए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपक्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार