बेलायत सरकारद्धारा गोर्खा सैनिकको पेन्सन वृद्धि
इन्द्र रिजाल
फागुन २४, २०७५ शुक्रबार १५:१८:५२
काठमाडौं । बेलायत सरकारले गोर्खा सैनिक तथा उनीहरूका परिवारको पेन्सन तथा उपचार खर्चमा दिइने सहयोग रकममा वृद्धि गर्ने घोषणा गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
यो घोषणाबाट ब्रिटिस गोरखा सैनिकमा सन् २००७ अघि भर्ना भएका करीब २२ हजार गोर्खा सैनिक लाभान्वित हुने काठमाडांैस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पेन्सन वृद्धिका लागि करीब २२ अर्ब रुपियाँ बराबरको बजेट छुट्याइएको छ । पेन्सन वृद्धि ३४ प्रतिशतसम्म हुने छ भने सो रकम व्यक्तिगत परिस्थितिका आधारमा फरक हुने जनाइएको छ । साथै, पेन्सन वृद्धि सन् २०१९ को जनवरी १ बाट नै लागू गरिने जनाइएको छ ।
यसैगरी, ब्रिटिस रक्षा राज्यमन्त्री मार्क लानकास्टरले नेपालमा बसोबास गरिरहेका गोर्खाका लागि आगामी दश वर्षसम्मका लागि ३६ अर्ब रुपियाँ बराबरको मेडिकल सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए । गोर्खा कल्याणकारी कोषमार्फत् सो रकम वितरण गरिने विज्ञप्तिमा उल्लेख छ ।
यस किसिमको सहयोग वृद्धिको घोषणा दुई हप्ता अघि बेलायती मन्त्री लानकास्टरले नेपालको भ्रमण गरेपछि सार्वजनिक भएको हो । उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई भेट गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार
रुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार