पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा
इन्द्र रिजाल
फागुन २४, २०७५ शुक्रबार १७:१२:५८
चितवन । पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा ¥याफ्टिङ गराएको छ ।
धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर ¥याफ्टिङ यात्रा सम्पन्न गरेको छ ।
पर्यटकीय क्षेत्र सौराहा रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले ¥याफ्टिङबाट झरेपछि जीवनमा एकपटक ¥याफ्टिङ यात्रा गर्नैपर्दोरहेछ भने । शुरुमा डर लागे पनि यात्रा गर्दै जाँदा अविस्मरणीय अनुभव भएको वनको भनाइ छ ।
सन् २०२० मा स्वदेशी र विदेशी धेरै पर्यटक चितवनमा भित्र्याउने योजनासहित लागि परेका वनले पर्यटकीय गतिविधिका हिसाबले हामी निकै धनी रहेको बताए ।
काठमाडौँबाट आउने पर्यटक त्रिशूली नदीमा ¥याफ्टिङ गर्दै नारायणगढ पुग्न सकिने सन्देश यस कार्यक्रमले दिएको प्रदेशसभा सदस्य कृष्ण खनालले बताए ।
रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मीले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन र चितवनको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित त्रिशूली नदीमा ¥याफ्टिङ गरिएको बताए ।
उनका अनुसार जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र पूर्वप्रतिनिधिसहित ३५ जनाको टोलीले ¥याफ्टिङ गरेको हो ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा हरेक वर्ष दुई लाखको हाराहारीमा स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । जिल्लामा आउने पर्यटकको मुख्य गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो ।
यससँगै पवित्र तीर्थस्थल देवघाट, सिराइचुली, लामो झरना, थारु संस्कृतिसँगै जलयात्रा हुने गर्दछ । पर्यटकको बसाइँ लम्ब्याउनका लागि नयाँ गन्तव्यको खोजी गर्नुपर्ने क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार