प्रधानमन्त्री ओली भन्छन्, ‘सिके राउतमा दाहालको जस्तै छाँटकाँट देखे’
इन्द्र रिजाल
फागुन २४, २०७५ शुक्रबार २१:३२:२९
काठमाडौं । प्रधामनन्त्री केपी ओलीले सिके राउतमा दाहालको जस्तै निर्णय क्षमता देखेंको बताएका छन् । राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच शुक्रबार भएको राजनीतिक सहमति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सिके राउतमा दाहालको जस्तै निर्णय क्षमता देखेको बताए ।
कार्यक्रममा बोल्दै उनले संसद्मा सहभागी भएदेखि पार्टी एकतासम्म पुग्दा दाहालले यस्तै निर्णय क्षमता देखाएको बताए। ‘त्यस्तो निर्णय क्षमता पुष्पकमल दाहालमा मात्रै देखेको थिएँ’ प्रधानमन्त्री ओलीले भने, ‘संसद्, सरकार, चुनावमा सहभागिता, पार्टी एकता गर्ने कुरामा जोसुकैले यस्तो गर्न सक्दैन, त्यो निर्णय क्षमताले हुन्छ। मैले सिके राउतजीमा पनि यस्तो छाँटकाँट देखेँ ।’
पृथकतावादी आन्दोलन त्यागेर राष्ट्रिय एकताको बाटोमा प्रवेशको घोषणा गर्दै सबैलाई सहयोगका लागि आग्रह गर्नेसम्मको राउतको निर्णय साधारण नभएको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले तराईमा सिके राउतलाई देखाएर स्वार्थको रोटी सेक्ने दिन पनि अब सकिने बताए।देश विखण्डन गर्ने कुरामा कसैसँग पनि सहमति हुन नसक्ने भन्दै उनले देश टुक्र्याउने कुरा आजबाट समाप्त भएको बताए।
राजपा सांसद रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको प्रसंगमा ओलीले सरकारले अदालतलाई निर्देशन दिन नसक्ने बताए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पुष १९, २०८१ शुक्रबार