द ब्रिटिश कलेजको लापरवाहीकै कारण मैले छोरो गुमाए: महेन्द्र श्रेष्ठ
इन्द्र रिजाल
फागुन २५, २०७५ आइतबार १:५१:११
काठमाडौं । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले द ब्रिटिश कलेजको लापरवाहीकै कारण आफुले आफ्नो छोरो गुमाएको बताएका छन् ।
शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिश कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले भने,‘कलेजको लापरवाहीकै कारण मेरो छोराको निधन भएको हो । त्यसैले कलेजले जिम्मेवारी लिनुपर्छ ।’
श्रेष्ठले द ब्रिटिश कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत २० वर्षीया आफ्नो छोरा गौरव श्रेष्ठको यही फागुन २ गते दुवई शैक्षिक भ्रमणको क्रममा निधन भएको भनेर काठमाडौंस्थित् द ब्रिटिश कलेजका एक जना शिक्षकले सुनाएको बताए ।
उनले भने,‘मेरो छोरा कलेजको टुरमा दुवई गएको थियो । तर, दुवईमै निधन भएको दुःखद् खबर कलेजका एक जना शिक्षकले ९८०११३४२०३ मोवाईल नम्बरबाट फोन गरेर सुनाउनुभएको हो ।’ छोराको निधन भएको भोलिपल्टै आफू घरबाट काठमाडौं आएको र कलेज प्रशासनसँग कुरा गर्दा उनीहरुले भ्रमणमा सहभागी कलेज प्रशासनका व्यक्तिहरुबाट ठूलो गल्ती भएको भनेर स्विकार गरिएको पनि स्पष्ट पारे ।
दुवईमा आफ्नो छोरा हराएको ८ घण्टापछिमात्रै कलेजबाट भ्रमणमा सहभागी सदस्यहरुले खोजि गर्नु नै रहस्यमय भएको उनको दाबी छ । उनले भने,‘मेरो छोरा हराएको घण्टौंपछिमात्रै खोजि भएको कुरा बाहिर आएको छ, यो अत्यन्तै दुःखदायी कुरा हो ।
उनले भ्रमण तालिकामै नभएको स्विमिङ कार्यक्रममा विद्यार्थीहरुलाई कलेजले किन सहभागी गरायो रु भन्दै प्रश्नसमेत तेर्साए । उनले आफूले छोराको शब नबुझ्दासम्म कलेजले निकै चासो देखाएको तर दाहसंस्कार गरिसकेपछि कुनै वास्ता नगरेको पनि दुःखेसो पोखे ।
उनले अघि थपे,‘वास्ता त गरेन गरेन, कलेजले ममाथि उल्टै अभद्र व्यवहार गर्यो । अपशब्द बोल्यो ।’ उनले कलेजकै लापरवाहीका कारण आफ्नो छोराले अनाहकमा ज्यान गुमाएको गम्भिर आरोप लगाए । उनले भने,‘यस सम्बन्धमा प्रहरी परिसर, टेकु, काठमाडौंमा जाहेरी गरि सक्दापनि प्रहरी प्रशासनबाट कुनैपनि चित्तबुझ्दो पहल भएन् । मलाई यसमा दुःख लागेको छ।’
भ्रमण दलमा सहभागी कलेजका म्याम रिना श्रेष्ठ र नविना महर्जनको र आफ्नो छोरासँगै समुन्द्रमा पौडी खेल्न गएका साथी निषेश सुवेदीको बयान नै फरक–फरक देखिएको पनि सुनाए ।
उनले कलेजको जिम्मेवार व्यक्ति सिईओ नरेन्द्र कँडेल हाल लण्डनमा रहेको सुनाउँदै तुरुन्त काठमाडौं आई आफूसँग सम्पर्क गरि छलफल गर्नुपर्ने माग गरे । उनले भने,‘कलेजले मसँग तत्काल वार्ता तथा छलफल गर्नुपर्छ । सिईओ अहिले लण्डनमा हुनुहुन्छ । उहाँले मसँग तत्काल छलफल गर्नुपर्छ ।’
उनले द ब्रिटिश कलेजले व्यापारीकरणको नाममा विद्यार्थीहरुलाई विदेश भ्रमणमा लैजाने गरेको पनि सुनाए । उनले थपे,‘यसतर्फ राज्यले विशेष ध्यान पुर्याउनुपर्छ । कलेजले विद्यार्थीहरुसँग मोटो रकम असुलेर यसरी व्यापारीकरण गरिरहेको छ । यस्तो कलेजको अनुमतिपत्र नै खोस्नुपर्छ । यतातर्फ सरकारको यथाशिघ्र ध्यान जाओस्।’
आफ्नो छोराको शव घर पठाउँदासमेत कलेजले लापरवाही गरेको उनले आरोप लगाए । उनले सुनाए,‘सुरुमा कलेजले छोराको शब पठाउँछु भन्यो, तर पछि कलेजले फोन गरेर शब बाहनको पैसासमेत मलाई तिर्न भन्यो । पैसा तिर्नु ठूलो कुरा होईन, तर कलेजले अमानवीय व्यवहार देखायो ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
कात्तिक २५, २०८१ आइतबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु
कात्तिक २७, २०८१ मंगलबार