सीप नजाँची डाक्टर लाइसेन्सः परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो
इन्द्र रिजाल
फागुन २६, २०७५ आइतबार १५:१७:१७
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन ।
सीप परीक्षा नलिइँदा चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।
चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा.जगदीशप्रसाद अग्रवालले काउन्सिलले ज्ञानको परीक्षा पास गरेका डाक्टरहरूलाई सीप परीक्षामा समेत उत्तीर्ण भएपछि मात्र चिकित्सा पेसा गर्ने अनुमति प्रदान गर्नुपर्ने बताउँछन् । उनले गुणस्तर कायम राख्न लाइसेन्स परीक्षाको उत्तीर्णांक ५० प्रतिशतभन्दा माथि हुनुपर्नेसमेत बताए ।
काउन्सिलले लिने लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो छ । ‘सीप जाँचसमेत गर्न थालिए हाल देखिएको परीक्षा परिणाम अझ तल झर्छ तर जनताले राम्रो चिकित्सक पाउँछन्,’ काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने, ‘आर्थिक अभावले यो अत्यावश्यक प्रक्रिया सुरु गर्न सकेका छैनौं । हामीलाई सघाइए केही समयमै सुरु गर्न सक्छौं ।’
लाइसेन्स परीक्षामा ज्ञान आधारितसँगै सीप आधारित परीक्षा हुनुपर्ने उनले बताए । काउन्सिलकै एक पदाधिकारीका अनुसार यसै साता एमडीरएमएसरएमडीएस गरेका विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा ४० प्रतिशत डाक्टर फेल भएका छन् ।
स्रोतका अनुसार यो परीक्षामा सोधिएका प्रश्न एमबीबीएस गरेकाहरूले सहजै जवाफ दिन सक्ने खालका थिए । एमबीबीएसरबीडीएस गरेकाहरूको लाइसेन्स परीक्षामा केही वर्षयता सरदर करिब ५० प्रतिशत डाक्टर फेल भइरहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार