सिके राउतसँगको सहमतिप्रति असन्तुष्टी जनाउन आवश्यक छैन: बडाल
इन्द्र रिजाल
फागुन २६, २०७५ आइतबार १८:३४:१४
काठमाडौं । नेकपाका नेता केशव बडालले सिके राउतसँग सरकारले गरेको सम्झौताप्रति पार्टीभित्र असन्तुष्टी देखिएको बताएका छन् ।
नेता बडालले राउतसँगको सहमति सोमप्रसाद पाण्डेको संयोजकत्वमा बनेको वार्ता समितले सफल बनाएको पनि जिकिर गरे । सहमति विषयका पार्टीका कोही नेताले पनि चिन्ता लिन आवश्यक नरहेको बताए ।
सहमतिको विषयमा पार्टीभित्र छलफल गर्ने समय नभएकाले तत्काल निर्णय भएको बताउँदै आगामी दिनमा छलफल गर्ने विषयलाई नेतृत्वले मनन गर्ने बताए ।
सहमतिको विषयमा नेता भिम रावलले प्रकट गरेको असन्तुष्टीलाई बडालले लोकतन्त्रको मर्मको रुपमा व्याख्या गरे । सरकारले राउतसँग संविधानको मर्मभित्रै रहेर सहमति गरेको जिकिर गरे ।
स्वतन्त्र मधेश गठबन्धनलाई किन स्विकार गर्यो भन्ने धमलाको प्रश्नमा बडालले नेपालको भूभाग कसरी जोगाउने भन्नेमा सरकार सचेत रहेको बताए ।
सहमतिमा मधेशका विषयमा जनमत संग्रह गर्ने आशय नभै निर्वाचनमा सहभागि भएर जनमत जित्नुपर्ने आशय उल्लेख गरिएको बडालले दावी गरे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार