योजना अधुरै छन्, करोडौँ रकम किन भएन खर्च ?
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
फागुन २६, २०७५ आइतबार १९:४८:५३
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
काठमाडौं । जनप्रतिनिधिमा देखिएको अन्योलले प्रदेश नं ५ अतर्गत कपिलवस्तु जिल्लाको स्थानीय तहमा जनअपेक्षा अनुसार बिनियोजित रकम खर्च हुन नसक्दा करोडौ रकम बेरुजु भएको छ । हरेक वर्ष बजेट बिनियोजन गरी विकास निमार्णका योजना अघि बढाइए पनि कतिपय योजना अधुरै छन् ।
काम पूरा नगर्दा पेश्की लगेको रकम फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था भए पनि बिगत बर्षदेखीका योजना अपुरै रहेको र लगेको पेश्की पनि अहिलेसम्म बुझाइएको छैन । केही योजनाको नक्कली कागजात र बिल बनाएर पेश गरी बजेट दुरुपयोग गरिएका चर्चा पनि बढेको छ । सङ्घीय सरकारले स्थानीय तहलाई भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवा, महिला विकास, समाजिक सुरक्षा योजना अनुगमनलगायत जिम्मेवारी दिए पनि दरबन्दी अनुसारका दक्ष कर्मचारी अभावमा विकासे योजना कार्यान्वयन हुन नसक्दा १० वटा स्थानीय तहका केही नगर र गाउँपालिकाको बेरुजु रकम बर्षेनी बढदै गएको हो ।
प्राप्त विवरण अनुसार बेरुजु रकममध्ये सबैभन्दा बढि बुद्धभूमि नगरपालिकाको रू ३ करोड ९५ लाख ५९ हजार छ भने सबैभन्दा कम बेरुजु कृष्णनगर नगरपालिकाको छ । उक्त नगरको बेरुजु रू ९ लाख २० हजारको हो ।
यस्तै बाणगङ्गा नगरपालिकाको पनि बिगत बर्षमा रू २२ लाख र यसबर्ष १ लाख ८३ हजार बेरुजु देखिएको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले जानकारी दिए । महाराजगञ्ज नगरपालिकाको रू ३ करोड ६८ लाख ५९ हजार, शिबराज नगरपालिकाको रू ३ करोड १ लाख ५० हजार र कपिलवस्तु नगरपालिकाको रू ४८ लाख २९ हजार बेरुजु छ । यसैगरी गाउँपालिकामा सबैभन्दा बढि रकम बेरुजु मायादेबी गाउँपालिकाको रू २ करोड ५४ लाख ७८ हजार भने सबैभन्दा कम बिजयननगर गाउँपालिकाको छ ।
उक्त गाउँपालिकाको रू ६ लाख ३० हजार ७ सय ७४ बेरुजु देखिएको छ । यशोधरा गाउँपालिकाको रू १ करोड ८५ लाख ४१ हजार र शुद्धोधन गाउँपालिकाको रू ८७ लाख ४२ हजार बेरुजु रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । अधिकांश स्थानीय तहमा दरबन्दीअनुसारका कर्मचारी अभाव देखिएका कारण जनप्रतिनिधिका लागि योजना छनौट गर्न कठिन भएको जनप्रतिनिधिकोे भनाइ छ । बिगतका बर्षमा सम्बन्धित कार्यालयले बेरुजु रकम फर्छौट गर्न नसकेको, बिलभन्दा बढी रकम भुक्तानी गरेको, भुक्तानी दिँदा बिल भरपाई नराखेको, अनुगमन मूल्याङ्कन कमजोर भएको, सेवा प्रवाहको प्रतिफल सन्तोषजनक नभएको, प्राथमिकता निर्धारण नगरी योजना छनोट गरेकोजस्ता त्रुटीका कारण विकासे बजेट बेरुजु भएको बताइएको छ ।
बुद्धभूमि नगरपालिकाको बेरुजुबारे जिज्ञासा राख्दा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यले बिगतमा के–के शीर्षकमा बेरुजु भएको छ, त्यो हेर्न बाँकी रहेको तर आफू आईसकेपछि बढि बेरुजु रकम नभएको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सहरमा नया 'नव्य नाचघर' : जहाँ आज देखि मन्चन हुँदै छ नृत्य नाटक ‘प्रेमारम्भ’
असार २१, २०८१ शुक्रबार
सहकारी ठगी सम्बन्धका कारवाहीबारे प्रहरी प्रमुख र गृहसचिवसँग संसदीय समितिले लियो जानकारी
असार २१, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाको तिलगंगा क्षेत्रमा पार्क निर्माण
असार २१, २०८१ शुक्रबार
एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई वालिङमाले गर्यो पुरस्कृत
असार २१, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबी हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी
असार २१, २०८१ शुक्रबार
नियुक्तिका लागि अन्तरिम आदेश भए सन्तोष र मुक्तिनाथमध्ये एक जना बन्नेछन धितोपत्रको अध्यक्ष
असार २१, २०८१ शुक्रबार