सलमान खान कांग्रेस पार्टीबाट चुनाव लड्ने सम्भावना
इन्द्र रिजाल
फागुन २७, २०७५ सोमबार १३:२४:२०
काठमाडौं । बलिउडका नायक सलमान खान कांग्रेस पार्टीबाट चुनाव लड्ने सम्भावना देखिएको छ । कांग्रेसले उनलाई टिकट दिने विषय बाहिर सार्वजनिक गरेपछि उनी सक्रिय राजनीतिमा आउने सम्भावना बढेको हो ।
जब जब चुनाव नजिकिँदै गर्छ कुनै न कुनै सेलिब्रेटीको राजनीति प्रवेशको विषय बाहिर आउने गर्दछ । यस पटक यही चर्चा सलमान खानको बारेमा चलेको हो ।
केही समय रामानन्द सागरको रामायणमा राम रोल निभाएर लोकप्रिय भएका अभिनेता अरुण गोविल कांग्रेसबाट इन्दोरमा चुनाव लड्ने चर्चा चलेको थियो । उनी पछि अहिले भने सलमान खानको चर्चा बाहिर आएको हो ।
केही समय पहिले मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले एक सार्वजनिक कार्यक्रममा सलमान खानको नाम लिएर उनलाई टिकट दिने तयारी रहेको बताएका थिए । अहिले सलमान खान मध्य प्रदेशको पर्यटनको ब्राण्ड एम्बेस्डर बनाइएका छन् ।
अहिले उनलाई काँग्रेसले इन्दोरबाट नै चुनाव लड्ने सम्भावना रहेको चर्चा गरिँदै आइएको छ । यदि यस्तो भयो भने उनको प्रतिस्पर्धा भाजपाकी नेता तथा वर्तमान लोकसभाकी सभामुख सुमित्रा महाजनसँग हुनसक्ने समेत बताईएको छ ।
सुमित्रा महाजन लगातार ९ पटक सम्म सांसद बनिसकेकी नेता हुन् । सोही कारण सलमानलाई सो इन्दोरमा उठाउन सकेमा सुमित्राको अराजित यात्रामाथि धावा बोल्न सक्ने अपेक्षा देखिन्छ । सलमान खानको पैत्रिक घर पनि इन्दोर नै रहेकोले पनि उनी सो क्षेत्रबाट उठ्न सक्ने सम्भावनाबारे पनि चर्चा भईरहेको देखिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य बढ्यो
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै लखन गाउँपालिका
मंसिर १४, २०८१ शुक्रबार