प्रचण्डले गरे मन्त्रिपरिषद् पुनर्गठनबारे यस्तो खुलासा, को-को परे रेड जोनमा ?
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
फागुन २९, २०७५ बुधबार १३:४८:४६
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारद्वारा जन आपेक्षा अनुसार काम हुन नसकेको कुरा बाहिर आएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको खुलासा गरेका हुन्। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले आफूसँग घण्टौ सम्म छलफल गरेको बताए।
‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सुझाव माग्नु भयो’, दाहालले भने‘ तपाईंको क्षेत्राधिकारभित्रको विषय भएकाले आफैं निर्णय गर्नुस् भन्ने सुझाव दिएँ।’ सरकारलाई थप गतिशिल बनाउन मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा प्रधानमन्त्रीले सल्लाह मागेको दाहालले बताए। यद्यपि सरकारले संवैधानिक पूर्वाधार, अन्तर्राष्ट्रिय सम्बन्ध, युवा स्वारेजगार र सामाजिक सुरक्षाका विषयमा महत्वपूर्ण काम गरेको दाहालको दाबी छ।
स्रोतका अनुसार सरकारले जनताको अपेक्षअनुसार काम गर्न नसकेको भन्दै सडकदेखि सदनसम्म आलोचना भएपछि प्रधानमन्त्री ओली मन्त्रीहरुको विभिन्न कोणबाट कार्यक्षमता र कामको शैली चेकजाँच गर्न लागि परेका छन्।
सरकारविरुद्ध प्रतिपक्षी दलले सडक र सदन तताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरुको कार्यक्षमता मूल्यांकन गर्न थालेको हो ।प्रधानमन्त्री ओली मन्त्री हरुको कामप्रति असन्तुष्ट देखिएको स्रोतको दाबी छ।
यदि कुनै मन्त्रीले सरकारले तोकेको जिम्मेवारी पूरा नगरेको पाईएमा मन्त्रीपरिषद सदस्यहरुको जिम्मेवार हेरफेर गर्ने मनस्थिततिमा प्रधानमन्त्री पुगेको उनको सचिवालयका एक सदस्यले बताए।
सरकारले आशा गरिएका मन्त्रीहरु समेत परिणाममुखी काममा भन्दा व्यक्तिगत प्रचारमा केन्द्रित भएको र सरकारको ‘स्पिड’लाई आत्मसाथ नगरेको भन्दै प्रधानमन्त्री ओलीले कार्यक्षमतामा कमजोर देखिएका मन्त्रीहरुलाई छुट्टाछुट्टै बोलाएर सचेत गराउन सुरु गरेका छन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र कुनै बेला जनताको नजरमा उत्कृष्ट बनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित प्रधानमन्त्रीले तयार पारेको लिस्ट को रेड जोनमा एक नम्बरमा परेका छन्,।
को-को छन् ग्रिन जोनमा ?
सरकारले सन्तोषजनक अर्थात ग्रिन जोनका सूचीमा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट र अर्थमन्त्री युवराज खतिवडा लाई राखेको छ।
यल्लो जोनमा को-को परे ?
सरकारले आफ्नो लिस्टको यल्लो जोनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योगमन्त्री मातृका यादव, वनमन्त्री शक्ति बस्नेत, महिला बालबालिका मन्त्री थममाया थापा मगर, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, कृषिमन्त्री चक्रपाणि खनाल, खानेपानी मन्त्री विना मगर र सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा लाई यल्लो जोनमा राखेका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
प्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार