स्याङ्जामा भेटिइन अचारवाली चन्द्रकला
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
फागुन २९, २०७५ बुधबार २२:३६:०
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
प्रकाश डोटेल
स्याङ्जा । भीरकोट नगरपालिका ४ मा ३२ वर्ष अगाडि जन्मिएकी चन्द्रकला रानाले आफ्नो कर्मथलो भने जिल्ला सदरमुकामस्थित पुतलीबजार नगरपालिका ३ बाडखोलालाई बनाएकी छन् । उनले जन्मघरबाट २ घण्टाको सवारी साधनको यात्रापश्चात पुगिने बाडखोलामा अचार उद्योग सञ्चालन गरेर बाडखोलालाई कर्मथलो बनाएकी हुन् ।
छाङछाङदीकी रानाले बाडखोलालाई ३ वर्ष अगाडिदेखि चन्द्रशोभा अचार उद्योग सञ्चालनमा ल्याएर उद्यमी बनेकी हुन् । श्रीमानसँगै २ बर्ष भारतको बसाईले आफ्नै गाउँठाउँमा केहि गरौं भन्ने भावना जागेर आएपछि उद्यम गर्न थालेको रानाले बताईन् ।
२ छोराछोरीकी आमा रानाको श्रीमान भारतमै रोजगार गर्दछन् भने श्रीमानसँग छलफलको आधारमा आफ्नै देश फर्केर काम गर्न थालेकी हुन् । भारतमा केहि समय कुकको काम समेत गरेको बताउदै रानाले परदेशमा जागीर गर्नुभन्दा आफ्नै देशमा उत्पादित बस्तुको प्रयोग गरेर केही गर्छु भन्ने भावनाकासाथ आफु नेपाल आएको सुनाईन् ।
केही गर्ने अठोटका साथ फर्केर महिला उद्यमी बन्ने सपना पुरा गरेको रानाले बताईन् । पुतलीबजार नगरपालिका ३ मा ३ दिनको तालिम लिएर उद्योग संचालनमा ल्याएको बताउदै रानाले भनिन, “लाग्यो, मेरै देशमा धेरै संभावना छ ।” अहिले धेरै कार्यक्रममा सफल उद्यमशील महिलाको रुपमा सम्मानित भएको बताउदै रानाले धेरै तालिम तथा अनुभवहरु आदानप्रदान गर्न पाउदा खुशी लागेको बताईन् ।
एक लाख रुपैयाँको लगानीमा अचार उद्योग सञ्चालनमा ल्याएको बताउदै रानाले भनिन, “अहिले निकै खुशी र धेरै महिलाहरुको प्रेरणाको श्रोत बनेको छु ।” एकबर्ष साथीसँग साझेदारीमा उद्योग सञ्चालन गरेकी राना भन्छिन, “साथी खट्न सक्नुभएन्, अहिले म एक्लैले उद्योगलाई निरन्तरता दिएकी छु ।”
रानाले अमला, बयर, कोईरालाको फूल, निउरो, सिस्नु, लप्सीलगायत विभिन्न अचारका परिकार बनाउने गरेकी छन् । विभिन्न मेला, महोत्सवमा आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनीका लागि लैजाने गरेको बताउदै रानाले अगाडि थपिन, “धेरै घरमै बिक्री हुन्छ, बनाउन सके बजारको दुःख छैन् ।” अचार बनाउनका लागि धेरै मेहेनत गर्नुपर्ने बताउदै रानाले सिजनमा पाईने अचारका कच्चापदार्थलाई स्टोर गरेर राख्दा जोखिम समेत रहेको सुनाईन् ।
अचार उत्पादन मेसिनबाट गर्ने बताउदै रानाले भनिन, “लगानी कम हुदाँ आफु जस्ता आर्थिक अवस्था कमजोर भएका महिलालाई सहज हुँदो रहेछ ।” उद्योगमै धेरै अर्डर आउने भएकाले बजारिकरणको भने कुनै समस्या नभएको बताउदै रानाले विभिन्न किसिमका ५० रुपैयाँदेखि ७ सयसम्मका अचार बिक्री हुने गरेको जानकारी दिईन् ।
मासिक ५० हजारसम्मको अचार बिक्री हुने गरेको अनुभब सुनाउँदै रानाले भारतमा भन्दा आफ्नै देशमा उचित लागेको बताईन । भारतमा काम गरेर वचत गर्ने रकम भन्दा यहाँ अचार बेचेर मासिक २५ हजारसम्म आम्दानी गर्न सफल बन्दै आएको रानाले सुनाईन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
राष्ट्रियसभाको बैठक बस्दै
असार २१, २०८१ शुक्रबार
हिलाम्मे सडक, वडाध्यक्ष भन्छन् - ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’
असार २१, २०८१ शुक्रबार
नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो
असार २१, २०८१ शुक्रबार
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
अनुदानमा किसानलाई ‘मिनीटिलर’ वितरण
असार २१, २०८१ शुक्रबार