न्यूजिल्यान्डका मस्जिदमा ‘आतङ्ककारी’ आक्रमण हुँदा ४९ को मृत्यु
इन्द्र रिजाल
चैत १, २०७५ शुक्रबार २२:३७:१८
एजेन्सी । क्राइस्टचर्चका दुई मस्जिदमा भएको गोलीकाण्डमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ। शुक्रबार भएको हमलामा परी दर्जनौं मानिसहरु गम्भीर घाइते भएका छन्।
बन्दुकधारीहरूले क्राइस्टचर्च शहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरूमाथि अन्धाधुन्द गोली चलाएका थिए।न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यो गोलीकाण्डलाई आतंकवादी हमला भएको बताएकी छन्।
प्रधानमन्त्री आर्डर्नले मृत्यु हुनेहरूको संख्या पुष्टि गर्दै आजको दिन आफ्नो देशको ’कालो दिन’ भएको बताएकी छन्। यो घटनासँग सम्बन्धित एक महिलासहित चार जनालाई हिरासतमा लिएको पनि बताएकी छन्।
’क्राइस्टचर्च यी पीडितहरूको घर थियो। यीमध्ये धेरै त सायद यहीँ जन्मेका थिए। धेरैका लागि न्युजिल्याण्ड उनीहरूको मनपर्ने देश थियो। आज न्युजिल्याण्डकै सबभन्दा कालो दिनमध्ये एक हो।’
न्युजिल्याण्डका प्रहरी कमिश्नर माइक बुशले चारजना पक्राउ परेपनि खतरा भने टरेको भन्न सकिने अवस्था छैन। हमला गर्नेमध्ये एकजना अस्ट्रेलियाका २८ वर्षीय नागरिक भएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन्। उनले उक्त हमलाकारीहरूलाई ’अति दक्षिणपन्थी आतंकवादी’ भनेका छन्।
सिरिज खेल्न न्युजिल्याण्ड गएको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली संयोगले गोलीकाण्डबाट जोगिएको छ। शुक्रबार बिहान प्रार्थनाका लागि न्युजिल्याण्डको दक्षिणी टापुको क्रिस्टचर्च मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिएका हुन्।
उनीहरू मस्जिद नजिकै पुग्दा गोली चलेको आवाज सुनिएको थियो। मस्जिदबाट मानिसहरू चिच्याउँदै बाहिर निस्किरहेका थिए । मस्जिदभित्र गोली चलेपछि बंगलादेशी टोलीलाई केहीबेर बसभित्र राखिएको थियो । पछि उनीहरू बसबाट झरेर भागेका थिए। त्यसपछि उनीहरू नजिकैको हाग्ली पार्कमा भेला भएका थिए।
त्यस्तै डबलिन र क्राइस्टचर्च बीचका सबै उडान रद्द गरिएको डबलिन विमानस्थलले जनाएको छ। प्रहरीले यो हमला सुनियोजित भएको भन्दै आजका दिन मस्जिद नजान अपिल गरेको छ।
न्यूजिल्याण्डको मस्जिदमा हमला : २६ भन्दा बढिको मृत्यु
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार