नेपाली कांग्रेसमा विशेष महाधिवेशनको मागसहित ७७ जिल्लामा हस्ताक्षर अभियान चल्दै
इन्द्र रिजाल
चैत २, २०७५ शनिबार १५:३१:३३
काठमाडौं । नेपाली कांग्रेस महासमितिको निर्णय केन्द्रीय समितिले उल्टाएकोमा आपत्ति जनाउँदै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउन ७७ वटै जिल्लामा हस्ताक्षर अभियान चलाउने भएका छन् ।
महासमिति बैठक समापनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले केन्द्रीय नेता पनि महाधिवेशन प्रतिनिधि बन्न तलबाटै जितेर आउनुपर्ने, आरक्षण र समानुपातिक कोटामा एकपटक मात्रै अवसर दिने विषयमा प्रतिबद्धता जनाए पनि केन्द्रीय समितिबाट बहुमतले विधान पारित गर्दा यो विषय हटाएकोप्रति कांग्रेसका जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन् ।
शुक्रबार अनामनगरमा बसेको नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षीय कांग्रेसका २६ जिल्ला सभापतिहरूको गोप्य भेलाले विशेष महाधिवेशन बोलाउन आवश्यक पर्ने ४० प्रतिशत महाधिवेशन प्रतिनिधि पु९याउन सबै जिल्लामा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको हो ।
७७ जिल्लामा हस्ताक्षर अभियान चलाउने पौडेल–सिटौला पक्षको तयारी
‘सभापति र नेताले केन्द्रीय नेता पनि महाधिवेशन प्रतिनिधि बन्न जितेर आउने, आरक्षण र समानुपातिकमा एक व्यक्ति दोहोरिरहन नपाउने विषयलाई महासमिति बैठकको समापनमा प्रतिबद्धता जनाउनुभएको थियो । उहाँहरूको प्रतिबद्धतापछि महासमिति समापन सहज भएको थियो,’ नुवाकोट कांगे्रस सभापति जगदीश्वरनरसिंह केसीले भने, ‘तर, महासमितिको निर्णयलाई केन्द्रीय समितिले उल्टाएपछि विधानलाई टेकेर हामीले विशेष महाविधेशनका लागि हस्ताक्षर अभियान अघि बढाउने तयारी गरेका हौँ ।’
सभापतिमा निकटतम प्रतिद्वन्द्वी बनेका उम्मेदवारको नेतृत्वमा हस्ताक्षर अभियान
सभापति शेरबहादुर देउवाले आफूहरूको माग पुनर्विचार नगरेको भन्दै ७७ जिल्लामा हस्ताक्षर अभियान चलाउने पौडेल–सिटौला पक्षको तयारी
केन्द्रीय समितिले महासमितिको निर्णयलाई उल्ट्याएको विषयमा ५६ जिल्ला सभापतिहरूले पार्टी नेतृत्वलाई आग्रह गरे पनि बेवास्ता गरेपछि विशेष महाधिवेशन बोलाउने बाटोमा अग्रसर भएको उनले बताए । ७७ वटै जिल्लामा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्दा सभापतिहरूले अग्रसरता लिने उनीहरूले गरेका छन् ।
पार्टी संस्थापनले जितेका जिल्लामा सभापतिमा निकटतम प्रतिद्वन्द्वी बनेका उम्मेदवारको नेतृत्वमा हस्ताक्षर अभियान चलाइने छ । आफूहरूले केन्द्रीय समितिको निर्णय सच्याउन माग गरे पनि सभापति शेरबहादुर देउवाले आवश्यक समाधानका लागि वार्ताको पहल नगरेकोमा जिल्ला सभापतिहरूले आपत्ति जनाएका छन् ।
काभ्रे कांग्रेस सभापति मधु आचार्यले ४ चैतमा बस्ने केन्द्रीय समिति बैठकबाट पार्टी नेतृत्वले निर्णय पुनर्विचार गर्ने पर्खाइमा आफूहरू रहेको जानकारी दिए । ‘महासमितिको निर्णय केन्द्रीय समितिले उल्ट्याएकोमा हाम्रो असन्तुष्टि हो,’ आचार्यले भने ।
को–को थिए भेलामा ?
मधु आचार्य ‘काभ्रे’, जगदीश्वरनरसिंह केसी ‘नुवाकोट’, सबुज बानियाँ ‘काठमाडौं’, हिमालय कर्माचार्य ‘इलाम’, लीला बोखिम ‘ताप्लेजुङ’, विकास लामा ‘सिन्धुपाल्चोक’, खड्गबहादुर शाही ‘मुगु’, अमरसिंह पुन ‘रोल्पा’, नरेशकुमार श्रेष्ठ ‘खोटाङ’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार