नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, बंगलादेश ३–० ले पराजित
इन्द्र रिजाल
चैत २, २०७५ शनिबार २३:३:७
काठमाडौं । बंगलादेशलाई ३–० ले पराजित गर्दै नेपाल साफ च्याम्पियन्सीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बिराटनगरको शहीद रंगशालामा समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले बंगलादेशलाई हराएको हो।
नेपालसँग पराजित भएपनि बंगलादेश उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। दुवै टोलिले भुटानलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको थिए। शनिबारको खेल समूह विजेताका लागि थियो।
नेपालले सबै गोल पहिलो हाफमा गरेको थियो। खेलको छैटौं मिनेटमा आत्माघाती गोलबाट अग्रता लिएको नेपालका लागि सावित्रा भण्डारी र मन्जरी कुमारी योन्जनले एक एक गोल गरे। खेलको सुरुवात देखिनै बंगलादेशमाथि नेपाल हावी भएको थियो।
नेपालले पहिलो खेलमा भुटानलाई ३–० ले र बंगलादेशले २–० ले हराएको थियो। आइतबार श्रीलंकाविरुद्ध भारत खेल्दै छ। यो खेलमा पराजित हुने टोलिसँग नेपालको सेमिफाइनलमा भेट हुनेछ।
महिला साफ च्याम्पियन्सीपमा तीन पटक नेपाल र भारत फाइनलमा भिडेका छन्। चौथो बाहेक सबै फाइनल भारतले नेपालसँग खेलेको छ। नेपाल साफ च्याम्पियनसिपमा भारतसँग मात्रै पराजित भएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
पुष १२, २०८१ शुक्रबार
‘खतरनाक नयाँ युग’ : जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार