भरतपुर महानगरपालिकाकी मेयरलाई राजीनामा दिन चेतावनी !
इन्द्र रिजाल
चैत २, २०७५ शनिबार २३:१६:३०
चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई पदबाट राजिनामा दिन चेतावनी दिइएको छ । नेकपाको जिल्ला जनपरिषद् ‘जनसत्ता’ चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न भनेको हो । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी समेत हुन् ।
जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेल आफैले पत्रमा हस्ताक्षर गरेर शुक्रबार मेयर दाहाललाई पठाएका हुन् । राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने नेकपाको चेतावनी छ ।
‘सरकारले लोकतन्त्रको नाममा फाँसिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छली, महिला बेचबिखन,महिला हिंसा, सामाजिक दलालीकरणहरूको तीव्रता बढिरहेकोप्रति असन्तुष्टि जनाउँदै मेयर दाहाललाई राजीनामा दिई वैकल्पिक सत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्वाणमा सहयोग गर्न भनिएको छ ।
नेकपाले देशैभरिका जनप्रतिनिधिहरूलाई पत्र पठाएर राजीनामा माग गर्दै आएको छ । उता नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिएको कालिकोटबाट जनप्रतिनिधिको राजीनामा सुरु भएको छ । गाउँपालिका अध्यक्षले मनपरी गरेको भन्दै कालिकोटमा दुई वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।
जिल्लाको नरहरीनाथ गाउँपालिका ६ का वडा अध्यक्ष तुलाराज विक र वडा नम्बर–७ का अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन् । उनीहरु दुवै २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका थिए ।
गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले गाउँपालिकाका ब्रम्हलुट गरेकाले आफूहरुले पद छाडेको दाबी गरेका छन् । नेकपाको जनअदालतमा मुद्दा दर्ता गराएर ब्रम्हलुट मच्चाउने गाउँपालिका अध्यक्षलाई कारवाही गर्ने उनीहरुको तयारी छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार