प्रचण्डले एनसेल र जनमुक्ति सेनाको अर्बौं पैसा खाएपछि मैले माओवादी छोडे : भट्टराई
इन्द्र रिजाल
चैत ३, २०७५ आइतबार १५:११:१४
काठमाडौं । बाबुराम भट्टराईको दावी नै छ कि प्रचण्डले मात्र एनसेल प्रकरणमा २० अर्ब खाएका छन। पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले माओवादी पार्टी छाड्नुको कारण त्यहाँ व्याप्त भ्रष्टाचार रहेको खुलासा गरेका छन् ।
भ्रष्टाचार पनि अरू कसैले नभएर स्वयं प्रचण्डले नै गरेको भट्टराईको दावी छ । तत्कालीन माओवादी पार्टी अध्यक्ष प्रचण्डले माओवादीका लडाकुका निम्ति राज्यबाट गएको करिब २० अर्ब रकम भ्रष्टाचार गरेको डा. भट्टराईको गम्भीर आरोप छ ।
प्रचण्डले सो रकम पचाउनका लागि विदेशी प्रभु गुहारेको आरोपसमेत भट्टराईले लगाएका छन् । यसैगरी, प्रचण्डले ७०० हतियार विदेशी दलाललाई बेच्न लागेको, तर आफूले सो हुन नदिएकोसमेत डा. भट्टराईले खुलासा गरेका छन् ।
लामो समयसम्म प्रचण्डसँग सहकार्य गरेका र मुलुकको प्रधानमन्त्री भइसकेका भट्टराईले दिएको अभिव्यक्तिलाई ‘एकजना पूर्वमाओवादी’को सामान्य आक्रोशका रूपमा मात्रै लिनु किमार्थ उचित हुँदैन ।
कुनै सामान्य लडाकु वा कार्यकर्ताले लगाएको आरोप थियो भने त्यसलाई आक्रोशको अभिव्यक्ति मान्न सकिन्थ्यो होला । तर, पूर्वप्रधानमन्त्री भट्टराईजत्तिको ‘हेभीवेट’बाट आएको अभिव्यक्तिलाई आमसर्वसाधारणले कुन रूपमा बुझ्ने ?
यस सम्बन्धमा प्रचण्डका तर्फबाट कुनैपनि खण्डन आएको छैन । यदि डा. भट्टराई सही थिएनन् भने प्रचण्ड कानुनी उपचारमा लाग्नुपर्ने हो । तर, प्रचण्डद्वारा यसको कुनै खण्डन नहुनुले गम्भीर प्रश्न खडा गरेको छ । भट्टराईको अभिव्यक्तिमाथि प्रचण्डबाट कुनै प्रतिक्रिया नआउनुले यसमा ‘मौनं सम्मति लक्षणम्’ भनेझैँ प्रचण्डको स्वीकारोक्ति देखिएको छ ।
यसअघि प्रधानमन्त्री पदमा रहँदा प्रचण्डले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई पत्याउने हो भने उनी कृष्णप्रसाद भट्टराई र सुशील कोइरालापछिका गरिब प्रधानमन्त्रीमा पर्छन् ।
त्यसवेला बुझाएको सम्पत्ति विवरणमा प्रचण्डले श्रीमती सीता दाहालका नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको उल्लेख गरेका थिए । सो सम्पत्ति पनि उनको स्वआर्जन नभएर पैतृक भनिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार