प्रचण्डको हत्या गर्ने योजना छैन : प्रतिबन्धित नेकपा
इन्द्र रिजाल
चैत ४, २०७५ मंगलबार ०:२०:४६
काठमाडौं । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको स्पष्ट पारेको छ।
एक कार्यक्रममा प्रचण्डले आफूलाई हत्या गर्ने योजना बनाई मान्छेसमेत खटाएको भनी नेकपा अध्यक्ष पुष्पकमल दाहालको सार्वजनिक अभिव्यक्तिलाई उसले भत्र्सनायोग्य र सफेद झूट भएको बताएको छ।
उसले आफ्नो पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको दाबी गरेको छ। नेकपाले भनेको छ, ‘देशलाई युद्धमा धकेलेर जनतामा त्रास फैलाई तर मार्ने देशीविदेशी प्रतिक्रियावादीको घिनलाग्दो खेल सुरु भएको छ। यसलाई सबै देशभक्त, सच्चा लोकतन्त्रवादीहरूले मौकामा भण्डाफोर गर्नु पर्दछ।’
‘बरु प्रचण्ड नै यसरी व्यक्तिहत्याका कुरा गर्दथे। अहिले देश र जनताप्रति गरेको गद्दारी र यो सरकारप्रति जनताको दिनानुदिनको आक्रोशलाई कम गरी लुटको स्वर्ग बचाइराख्न योजनाबद्ध यस्ता समाचारहरू बनाइएका छन्’ बिप्लव नेतृत्वको माओवादीले भनेको छ।
नेकपाले भनेको छ, ‘केपी–बादल कम्पनीले जनताका पक्षमा सशक्त आवाज उठाइरहेको र जनतामा लोकप्रिय बन्दै गइरहेको एक राजनीतिक पार्टीमाथि सामाजिक फासिवादी तरिकाले प्रतिबन्ध घोषणा गर्नुका साथै देशैभरि अप्रेसन चलाएको छ। यो कम्पनीले युद्ध लाद्न खोजिरहेको छ। यसैको एउटा हथकण्डा हत्याको प्रचार हो।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार