६ सए २६ वटा मध्ये ३३ वटा मात्रै हातहतियार नविकरण
इन्द्र रिजाल
चैत ४, २०७५ मंगलबार ०:५१:३४
दीपक शर्मा
बर्दिया । बर्दियामा रहेका ६ सए २६ वटा हातहतियार मध्ये गएको आर्थिक बर्षदेखी ३३ वटा मात्रै नविकरण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी अर्जुन सुवेदिका अनुसार व्यक्तिगत रुपमा प्रयोग गरिएका ति हातहतियार नविकरण नभएका कारण प्रशासन पनि तनावमा परेको छ ।
जिल्लामा रहेका राजनितिक दलका नेता , व्यापारी , निर्माण व्यवसायी लगायत अन्य संग गरी ६ सए २६ वटा हातहतियार रहेको छ । जसमध्ये २२ वोरको राइफल ३१ वटा मध्ये १३ वटाको मात्रै नविकरण भएको छ यसै गरी १२ वोरको बन्दुक १ सए ७२ वटा मध्ये २७ वटा मात्रै नविकरण भएको छ ।
भरुवा एक नाले र दुई नाले ४ सए ३० वटा मध्ये एउटा पनि नविकरण भएको छैन । ५ सए बोर एक नाले बन्दुक एउटा रहेको छ जसको पनि नविकरण भएको छैन , एयरगन २ वटा रहेको नविकरण नभएको छ ।
दुइ वटा ६ फाइरे पेस्तोल मध्ये कुनै पनि नविकरण भएको छैन यसै गरी ३२ बोर राइफल १ थान रहेको छ जसको पनि नविकरण भएको छैन ।एउटा ३ सए ५१ वोर एकनाले , एउटा ३ सए ७५ वोर राइफल , ३० ÷ ३० वोर राइफल एक थान , ५ सए वोर २ नाले बन्दुक ५ थान पनि नविकरण भएका छैनन ।
यसैगरी ३ सए ३८ वोर १ नाले राइफल थान एक , ३ सए १५ वोर राइफल थान एक , ३२ बोर पेस्तोल थान २ , ३२ वोर ८ पेस्तोल थान दुई , ४ सए ५० वोर राइफल थान एक , ४ सए १ वोर एक नाले थान एक , ५ सए १५ वोर राइफल थान एक , २५ वोर पेस्तोल थान दुई र २ सए ५० वोर राइफल थान एक नविकरण नभएका हुन ।
साथै जिल्लामा नविकरण नभएतापनि अन्य जिल्ला बाट गर्न सकिने व्यवस्था भएपनि नविकरण भए नभएको रिपोर्ट नआएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
यसै विच जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी कानुन बमोजिम लिनुपर्ने इजाजत नलिई वा इजाजत पत्र नविकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसकै तरिकाले हातहतियार खरखजाना राखेको भए सुचना प्रकाशित मितिले ३५ दिन भित्र प्रहरीलाई बुझाउन वा नविकरण गर्न भनेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ’
मंसिर २५, २०८१ मंगलबार
दार्चुलामा हिमपात र वर्षा, अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
राससकर्मी पोखरा समाचारदाता शर्मा सम्मानित
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार