४८ परीक्षार्थीले एसइई दिन नपाउने
इन्द्र रिजाल
चैत ५, २०७५ मंगलबार १३:३४:५
सिन्धुली । आगामी चैत १० गतेदेखि शुरु हुनलागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा सिन्धुलीमा पाँच हजार ६२० परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ पाँच हजार ४८४, विसं २०७४ को ग्रेड वृद्धितर्फ ८६, २०७३ भन्दा अघिका ५० ले ग्रेड वृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलले जानकारी दिए ।
प्राविधिकतर्फ इञ्जिनीयरिङमा ६८, कृषितर्फ ११३ गरी १८१ ले परीक्षा दिने र प्राविधिकहरुका लागि एउटै परीक्षा केन्द्र तोकिएको उनले जानकारी दिए । प्राविधिकतर्फका छात्रछात्राले पानीट्याङ्की माध्यमिक विद्यालय पानीट्याङ्कीबाट परीक्षा दिनेछन् ।
यस वर्ष सिन्धुलीबाट ४८ परीक्षार्थी एसइईमा सामेल हुन नपाउने भएका छन् । दुई विद्यालयबाट चार/चार विद्यार्थी र प्राय धेरै विद्यालयबाट एक/दुई रहेका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका, राजश्व नबुझाएका कारण ४८ विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन् ।
यस्तै यस वर्ष सिन्धुली कारागार केन्द्रबाट एक छात्रले परीक्षामा सहभागिता जनाउने भएका छन् । कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेँसीमा अध्ययनरत भरत आलेमगरले कारागारलाई नै केन्द्र मानेर कारागारबाटै परीक्षा दिने गजुरेलले जानकारी दिए । जबर्जस्ती करणीको अभियोगमा तीन वर्ष जेल सजाए पाएका भरतले सिद्धस्थली परीक्षा केन्द्रअन्तर्र्गत कारागारमा नै परीक्षा दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
सिन्धुलीमा गत वर्षको तुलनामा २२१ विद्यार्थीको सङ्ख्या यस वर्ष कमी रहेको छ । सिन्धुलीमा गत वर्ष पाँच हजार ७१५ छात्रछात्राले एसइई परीक्षा दिएका थिए । सिन्धुलीमा २६ परीक्षा केन्द्र तोकिएको छ । नजिकै देखिए पनि भौगोलिक हिसाबले टाढा हुँदा सबैलाई सहज हुने गरी परीक्षा केन्द्र निर्धारण गरिएको बताइएको छ । उत्तरपुस्तिका प्रहरी कार्यालयमा रहेको र सम्बन्धित केन्द्राध्यक्षले लैजाने क्रम जारी रहेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ ।
यसैबीच एसइई परीक्षालाई व्यवस्थित र मर्यादित तवरले सञ्चालन तथा सम्पन्न गर्न यही चैत ८ गते सबै केन्द्राध्यक्षलाई अभिमुखीकरण दिइने कार्यक्रम रहेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ । जिल्लाभरका १३४ विद्यालयबाट परीक्षामा सहभागी हुने छात्रछात्रालाई पायक पर्ने स्थानमा २६ परीक्षा केन्द्र तोकिएको र यस वर्ष परीक्षामा सहभागी हुने परीक्षार्थीमध्ये छात्राको सङ्ख्या बढी रहेको समन्वय एकाइ सिन्धुलीले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
दमक व्यापारिक कम्प्लेक्स
मंसिर २३, २०८१ आइतबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार