तात्तातो चिया खाने बानी छ ? सावधान ! क्यान्सर लाग्ला है
इन्द्र रिजाल
चैत ७, २०७५ बिहिबार १८:२४:५४
एजेन्सी । धेरैले आफ्नो दिनको सुरुवात तातो चियाबाट गर्छन् । तर तात्तातो चिया खान रुचाउनेहरुले भने होस् गर्ने बेला आएको । किनभने यसले भोजननलीको क्यान्सर हुने खतरा दोब्बरले वृद्धि हुने एक नयाँ अनुसन्धानले बताएको छ ।
अनुसन्धानकर्ताका अनुसार जसले ६० डिग्री सेल्सियस भन्दा तातो र दिनमा सात सय मिलिलिटर, लगभग दुई ठूलो कप, चिया खान्छन्, त्यस्ता व्यक्तिहरुको भोजननलीको क्यान्सर हुने सम्भावना थोरै तथा कम तातो चियो खानेहरुको भन्दा ९० प्रतिशत बढी हुन्छ ।
उत्तरपूर्वी इरानको गोलेस्तान प्रान्तका ५० हजार बढीमा उक्त अनुसन्धान गरिएको थियो । ‘धेरैजना चिया, कफी र तातो पेय पदार्थमा रमाउने गर्छन् ।
यद्यपी, हाम्रो रिपोर्टले धेरै तातो चियाले भोजननलीको क्यान्सर हुने सम्भावना अत्यधिक बढाउने निष्कर्ष निकालेका कारण तातो पेय पदार्थ थोरै नसेलाएसम्म नखान हामी सल्लाह दिन्छौं,’ अमेरिकन क्यान्सर सोसाइटी एवं अनुसन्धानका मुख्य लेखक डा.फर्हाद इस्लामीले बताए ।
यो अनुसन्धान इन्टरनेशनल जर्नल अफ क्यान्सरमा गत बुधबार प्रकाशित भएको हो । यस अघिका अनुसन्धानले तातो चिया र भोजननलीको क्यान्सर एक–अर्कासँग सम्बन्धित भएको बताएपनि निश्चित तापक्रमबारे तोक्ने यो नै पहिलो अनुसन्धान भएको लेखकले दाबी गरेका छन् ।
भोजननलीको क्यान्सरले प्रत्येक वर्ष लगभग चार लाखको ज्यान लिने गरेको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले बताएको छ ।
धुँवा, रक्सी, सम्भवतः तातो पेय पदार्थका कारका भोजननलीमा बारम्बार घाउ भइरहने हुँदा यसले क्यान्सरको सम्भावना बढाउने गर्छ । भोजननली एउटा लामो नली हो जसले हाम्रो खाना र पेय पदार्थलाई पेटसम्म पुर्याउने काम गर्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
रौतहटमा आईपीभी खोप दुई चरणमा सञ्चालन हुने
जेठ ९, २०८१ बुधबार
एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै
जेठ ९, २०८१ बुधबार
हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो
जेठ ९, २०८१ बुधबार
डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
जेठ ९, २०८१ बुधबार
सिक्लेस गाउँ पर्यटकको रोजाइमा
जेठ ९, २०८१ बुधबार
पार्टीको आगामी रणनीति तय गर्न सानेपामा सुरु भयो कांग्रेसको संयुक्त बैठक
जेठ ९, २०८१ बुधबार