केपी ब्राण्डको मिनरल वाटर र बगाले बेकरीमा शिलबन्दी
इन्द्र रिजाल
चैत ७, २०७५ शुक्रबार ०:४६:४५
प्रकाश डोटेल
स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जा र खाद्य प्रबिधि गुण नियन्त्रण कार्यालय पोखराको संयुक्त टोलीले वालिङ नगरपालिकाका क्षेत्रका उद्योगमा छड्के अनुगमन गरेको छ । छड्के टोलीले वालिङ् नगरपालिका ८ स्थित खनाल प्रशोधित पिउने पानी उद्योग र बगाले वेकरी उद्योगलाई शिलबन्दी गरेको छ भने सिद्धबाबा चाउमिन उद्योगलाई सचेत गराइएको छ ।
बजारमा उपलब्ध गराउने केपी ब्राण्डको मिनरल र जारमा भनिएझैं प्रशोधित पिउनेपानी मापदण्ड सम्बन्धी निर्देशिका २०७४ मा उल्लेख अधिकांश बुँदाहरु पालना नगरेको, अनुमतिपत्र नविकरण, आवश्यक अनुरुप सरसफाई नगरेको, जार, बोतल सफा गर्ने र बिर्को लगाउने मेशिन नभएको, प्रयोगशाला, गुणस्तरीय उत्पादन सम्बन्धी म्यानुअल नभएको भन्दै अनुगमन टोलीले शिलबन्दी गरेको प्रशासकिय अधिकृत सुरेशराज ढकालले जानकारी दिए ।
“खानेपानी जस्तो सम्बेदनशिल वस्तुका विषयमा संचालकले लापरबाही गरेको भेटियो, सिल गर्न बँध्य बनौं ।” अधिकृत ढकालले भने, “उद्योगले पुरा गर्नुपर्ने मापदण्ड मध्ये कुनै पनि पूर्वाधार बनाएको भेटिएन त्यसैले सिलबन्दी गरेको हौं ।” उद्योगले सर्वसाधारणको स्वास्थ्यमा गम्भिर खेलवाड गरेको अधिकृत ढकालले बताए ।
आफ्नो पानी उद्योगमा सिलबन्दी गरेपछि पानी प्रशोधन प्लान्ट खरिदको प्रक्रिया अगाडी बढाएको बताउ“दै उद्योग संचालक खेमप्रसाद खनालले अनुगमन टोलीले सचेतको मौका समेत नदिएर सिलबन्दी गरेको बताए । सिलबन्दी गर्नुपूर्व सचेत गराई दिएको भए तोकिएको समयमा उद्योगको स्तरउन्नती गर्ने थिए, उनले भने ।
खनाल प्रशोधित पिउने पानी उद्योगले केपी पानीको बोतलमा प्रशोधित नभएको पानी प्रयोग गरेको स्थानीयले यसअघि पनि आरोप लगाएका थिए । कम्पनीले नाला, वर्षातमा खेतबारी प्रयोग भएको पानी समेत प्रयोग गरेर बजारमा बिक्री वितरण गरेको स्थानीयको दाबी थियो ।
त्यसैगरी, टोलीले बगाले वेकरी उद्योगमा म्याद गुज्रेका सामाग्री फेला परेको, कच्चा पदार्थ लगायत पेय पदार्थ (फेन्टा, कोकाकोला, घिउ लगायत ) ३ बोरा नष्ट गरेर सिलबन्द गरिएको प्रशासनले जनाएको छ । अधिकृत ढकालले अनुसार जबसम्म मापदण्ड पुरा हुँदैनन्, तबसम्म उद्योग खोलिने छैन । अनुगमन गरिएका अन्य उद्योगको स्तरपनि सन्तोषजनक नरहेको ढकालले जानकारी दिए ।
सिद्धबाबा चाउमिन उद्योगलाई सरसफाईमा ध्यान दिई उत्पादन र समय सकिने म्याद राख्न अनुगमन टोलीले निर्देशन दिइएको छ । यसअघि पनि सोहि टोलीले स्याङ्जा सदरमुकामस्थित यूकी मिनरल वाटर कम्पनी (पानी उद्योग) मा सिलबन्दी गरेको थियो । सिलबन्दी उक्त उद्योग संचालनको प्रक्रियामा छ ।
उद्योग अनुगमनमा खाद्य प्रबिधि गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेल, वालिङ उद्योग वाणिज्य संघका प्रतिनिधी, घरेलु तथा उपभोक्ता समितिका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । बजारमा लापरबाही भएको जानकारी पाए तत्काल छड्के चेक गरिने टोलीले बताएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार
असार १८, २०८१ मंगलबार
दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु
असार १८, २०८१ मंगलबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
असार १८, २०८१ मंगलबार
बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध
असार १८, २०८१ मंगलबार