नेकपा एकता जिल्ला र स्थानीय तहमा एकै चरणमा
इन्द्र रिजाल
चैत ८, २०७५ शुक्रबार १४:७:४५
काठमाडौं । सत्तारूढ नेकपाले जिल्ला र स्थानीय तहमा पार्टी एकता एकै चरणमा सक्ने तयारी थालेको छ। जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाउने जिम्मेवारी पार्टी केन्द्रको भए पनि स्थानीय तहको एकता सम्बन्धित जिल्ला कार्यदल र प्रदेश कमिटीले टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको नेकपाले जनाएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
पार्टी एकता भएको दस महिना बितिसक्दा पनि तल्लो तहको एकता प्रक्रिया टुंग्याउन नसक्दा नेकपाका आठ लाख बढी नेताकार्यकर्ता जिम्मेवारीविहीन छन्। नेकपाको एकता ३ जेठमा भएको थियो।
त्यसयता नेकपाले केन्द्र र प्रदेश कमिटी मात्र गठन गरेको छ। जिल्ला र स्थानीय तहसम्म एकता टुंग्याउन सकेको छैन। जिल्ला अध्यक्ष र सचिवको टुंगो केन्द्रले लगाउँदा स्थानीय तहको एकता पनि टुंगिने गरी काम भइरहेको नेकपाका नेताहरुले बताएका छन्।
नेकपा स्थायी समिति सदस्य सुवास नेम्बाङले स्थानीय तहमा एकताका लागि दु्रत गतिमा काम भइरहेको बताए। उनले केन्द्रले जिल्ला अध्यक्ष र सचिव टुंग्याउँदासम्म स्थानीय तहको एकता टुंगोमा पुर्याइने बताए।
‘जिल्ला अध्यक्ष र सचिव चयनमा प्रक्रिया अड्किएको हो। अध्यक्ष दाहाल अमेरिकाबाट फर्केलगत्तै टुंगिन्छ,’ नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङले भने, ‘अधिकांश स्थानीय तहमा एकता प्रक्रिया टुंगिसकेको छ। जिल्ला अध्यक्ष र सचिव चयन हुदाँसम्म सबै स्थानीय तहमा टुंगिन्छ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार