बचत खाताकाे अवधि बढ्याे, बचतकाे ३ बर्ष,चल्तीमा ६ महिना म्याद
इन्द्र रिजाल
चैत ८, २०७५ शुक्रबार १७:२७:५५
काठमाडौं । बैंकहरुमा खोलिएको बचत खाताबाट तीन वर्षसम्म कुनै कारोबार नभए निश्क्रिय हुने भएको छ। राष्ट्र बैंकले बैंकहरुको आग्रहमा बचत खाताको निश्क्रिय अवधि बढाएको हो । यसअघि ६ महिनासम्म कुनै कारोबार नभएको बचत खाता स्वतः निश्क्रिय हुँदै आएको थियो।
त्यस्तै चल्ती र कल निक्षेप खातामा भने ६ महिनासम्म कारोबार नभएमा निश्क्रिय हुने भएको छ। निश्क्रिय खातालाई पुनः सक्रिय बनाउन बैंकमै गएर आवश्यक प्रक्रिया पुर्याउनु पर्नेछ।
बैंकहरुले विभिन्न आकर्षक अफरहरु ल्याएर ग्राहक संख्या बढाउनेतर्फ लाग्दा एउटै व्यक्ति तथा संस्थाले धेरै बैंकमा खाता खोल्ने गरेका छन्। धेरै बैंकमा खाता खोले पनि नियमित कारोबार भने एउटा वा दुईटामा मात्रै हुने गरेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार देशभरका बैंक तथा वित्तीय संस्थामा पुस मसान्तसम्म २ करोड २० लाख बचत खाता खोलिएका छन्। जसमध्ये ४४ लाख ५० हजार बचत खाता निश्क्रिय छन्।
खाता संख्याका आधारमा बचत खाता धेरै रहे पनि संकलन भएको रकमका आधारमा भने मुद्दती निक्षेपको हिस्सा सबैभन्दा उच्च छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघ मसान्तसम्म कुल निक्षेपमा मुद्दती खाताको हिस्सा ४७. ७ प्रतिशत रहेको छ। त्यस्तै चल्ती खाताको ८.७, बचत खाताको ३३. ५ र अन्यको १०.२ प्रतिशत हिस्सा छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआज अमेरिकी डलरको भाउ स्थिर, कुनको मूल्य बढ्यो कुनको घट्यो ?
माघ १४, २०८१ सोमबार
आइतबार बजारबाट ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार