रोग फैलन नदिन भन्दै धवलागिरिमा कुखुरा आयातमा रोक
इन्द्र रिजाल
चैत ८, २०७५ शुक्रबार १७:१७:५
पर्वत । कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बाग्लुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयातमा रोक लगाइएको हो ।
पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पंक्षीजन्य वस्तु आयातमा रोक लगाइएको कुश्मा नगरपालिकाका पशु चिकित्सक रामजीप्रसाद पौडेलले जानकारी दिए । कास्की, चितवन, मकवानपुरलगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयातमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाइ छ ।
डिमुवाबाट बुधबार मात्रै चितवन र पोखराबाट कुखुरा बोकेर आएका दुई गाडी सम्बन्धित क्षेत्रमा फिर्ता पठाइएको छ । कुश्मा र म्याग्दी तथा जोमसोमतर्फ बिक्रीका लागि लगिँदै गरेका कुखुरा नियन्त्रणमा लिएर फिर्ता पठाइएको हो ।
कास्कीमा बर्डफ्लू देखिएपछि पर्वतसहितका छिमेकी जिल्ला पनि उच्च जोखिममा रहेका छन् । छिमेकी जिल्लाबाट पंक्षीजन्य उत्पादन बिक्रीका लागि ल्याउन केही समयका लागि नदिने र यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।
पर्वत प्रशासन कार्यालयको सेवा नयाँ भवनबाट
लामो समयदेखि पुरानो र जीर्ण भवनमा सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय पर्वतले अत्याधुनिक सेवासुविधासहितको नयाँ भवनबाट आफ्नो सेवा शुरु गरेको छ । झण्डै रु. चार करोड लागतमा निर्माण सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयको नयाँ भवनबाट सबै सुविधा दिन थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।
२५ कोठा रहेको उक्त भवन तीन वर्षमा निर्माण सम्पन्न भएको हो । विसं २०७३ भदौदेखि निर्माण शुरु भएको भवन साढे दुई वर्षको अवधिमा सकिएको हो । यसअघि विसं २०१८ मा स्थापना भएको पुरानो र कच्ची भवनमा कार्यालय सञ्चालन हुँदै आएको थियो । जीर्ण बनेको भवन विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले हल्लिएका कारण छाना चुहिने र भित्ता चर्किनेजस्ता समस्या देखिएका थिए ।
यसअघि जिल्ला बन कार्यालय पनि यसै वर्ष नयाँ भवनमा स्थानान्तरण भएको थियो भने जिल्लामा रहेका स्वास्थ्य, कृषि, मालपोत, नापी, शिक्षा, हुलाक, सिंचाइ, पशुसेवा, खानेपानी, भू तथा जलाधार, विद्युत्लगायतका कार्यालय लामो समयदेखि आफ्नै भवनमा सञ्चालनमा रहेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार
असार १८, २०८१ मंगलबार
दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु
असार १८, २०८१ मंगलबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
असार १८, २०८१ मंगलबार
बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध
असार १८, २०८१ मंगलबार