अक्षय कुमारको चलचित्र ‘केसरी’ रिलिज भएकै दिन इन्टरनेटमा लिक
इन्द्र रिजाल
चैत ८, २०७५ शुक्रबार १८:५०:३९
काठमाडौं । होलीको दिन बिहिबार अक्षय कुमारको चलचित्र‘केसरी’ रिलीज भएको छ । चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो कमाइ गरिरहेको छ । तर चलचित्र रिलीज भएको केहि घण्टा भित्रै इन्टरनेटमा लीक भएको छ ।
चलचित्र तमिल रकर्स वेबसाइटमा लिक भएको छ । तमिल रकर्स एक पाइरेसी वेबसाइट हो जुन अनलाइन पाइरेटेड कपी लीक गर्छ । सो वेबसाइटको माध्यमबाट अहिलेसम्म बलिउडका कयौ चलचित्र अनलाइन लिक भएका छन् ।
अब सो सुचिमा ‘केसरी’ पनि समावेश भएको छ । चलचित्र लिक भएसँगै निर्मातालाई नोक्सान पर्ने देखिएको छ ।चलचित्रमा परिणिती चोपडा, अक्षयको अपोजिट रोलमा छिन् । यो एक पिरियड ड्रामा फिल्म हो । फिल्मलाई अनुराग सिंहले निर्देशन गरेका हुन् । यसको कहानी गिरीश कोहली र अनुराग सिंहले मिलेर लेखेका हुन् ।
करण जोहरसहित धेरै निर्माताको फिल्ममा लगानी छ । फिल्मको कहानी १९८७ मा सारागढीको लडाइँमा आधारित छ । ‘केसरी’ ले बक्सअफिसमा राम्रो कमाई गर्ने फिल्मपण्डितहरुको आँकलन छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘एक्टरस् टेक वन’को ग्रान्ड प्रिमियर सम्पन्न ( फोटो फिचर )
माघ १५, २०८१ मंगलबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार