क्रिष्टियानो रोनाल्डोलाई जरिवाना, साढे ५ घण्टाको कमाइ !
इन्द्र रिजाल
चैत ८, २०७५ शुक्रबार २०:१२:२३
काठमाडौं । इटालियन क्लब युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई च्याम्पियन्स लिग फुटबलमा नकारात्मक गोल सेलिब्रेसन गरेको भन्दै युईएफएले २० हजार युरो जरिवाना गराएको छ ।
च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गरेका रोनाल्डेले मड्रिडका प्रशिक्षक डिएगो सिमोनको नक्कल गर्दै गोल सेलिब्रेसन गरेका थिए । जसमा खेलपछि मड्रिडले आपत्ती जनाएको थियो ।
सिमोनले युभेन्टससँगको पहिलो लेग २–० ले जितेको बेला गरेकै सेलिब्रेसन रोनाल्डोले नक्कल गरेका थिए । अनुशासन विपरीत काम गरेको भन्दै युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफएले सिमोनलाई पनि २० हजार युरो नै जरिवाना तिराएको थियो । रोनाल्डोले अन्य ब्राण्डलाई छाडेर युभेन्टसबाट मात्रै आउने रकमलाई हेर्दा २० हजार युरो झण्डै साढे ५ घण्टामा कमाइरहेका छन् ।
किनभने, उनले युभेन्टसमा एक सिजनमा ३ करोड १० लाख युरो लिन्छन् । त्यसैले महिनामा उनको झण्डै २४ लाख १० हजार युरो लिन्छन् । हप्तामा झण्डै ६ लाख २ हजार, दिनमा झण्डै ८६ हजार, घण्टामा झण्डै साढे ३ हजार र एक मिनेटमा झण्डै ५९ युरो कमाउँछन् । त्यसैले युभेन्टसमा झण्डै साढे ५ घण्टामा उनको जरिवाना रकम पूरा हुन्छ ।
२० हजार युरो रोनाल्डोका लागि ठूलो रकम नभए पनि यसले आगामि दिनमा उनलाई सजग बनाउने फुटबल पण्डितहरु बताउँछन् ।
रोनाल्डोलाई क्वार्टरफाइनलमा आयाक्सविरुद्धको एक खेल प्रतिबन्ध हुन सक्ने खबर आइरहेका बेला जरिवाना मात्रै तिराइएकाले उनलाई राहत मिलेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार