पाँच क्यामेरा भएको पहिलो स्मार्टफोन, एन्ड्रोइड पाईमा चल्ने
इन्द्र रिजाल
चैत ९, २०७५ शनिबार १४:२४:२७
काठमाडौं । गत महिना बार्सिलोनामा आयोजित मोबाइल वल्र्ड कांग्रेसमा एचएमडी ग्लोबलले नोकिया ९ प्योरभ्यु सार्वजनिक गरेको थियो । यो स्मार्टफोन पाँचओटा लेन्स क्यामेरा भएको पहिलो स्मार्टफोन हो ।
यसमा १ सय २८ जीबीको इन्टर्नल स्टोरेज रहेको छ । कम्पनीले यो स्मार्टफोन छिटै नै भारतमा सार्वजनिक गर्ने तयारी गरेको छ । यससँगै अबको केही समयमा यो स्मार्टफोन नेपालमा पनि आउने अपेक्षा छ ।
अहिलेसम्म भारतमा यसको मूल्य कति रहने भन्ने कुराको जानकारी दिइएको छैन । तर, यसलाई ५० हजार भारुसम्म पर्नसक्ने बताइएको छ । यो स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण फिचर्स भनेको यसमा रहेको पाँचओटा लेन्स भएको क्यामेरा हो ।
कम्पनीले फोटोग्राफीको नयाँ अनुभवका लागि यो स्मार्टफोन अघि सारेको हो । यसका लागि उसले क्वालकोम र गुगलसँग पनि सहकार्य गरेको थियो । यसमा सेल्फीका लागि २० मेगापिक्सलको क्यामेरा छ ।
यो स्मार्टफोनमा ६ जीबी र्यामको प्रयोग गरिएको छ । रेयर क्यामेराको लागि भने तीनओटा १२ मेगापिक्सलको मोनोक्रोम सेन्सर र दुईओटा आरजीबी सेन्सरको प्रयोग गरिएको छ ।
यो स्मार्टफोनमा फोरजी एलटीई पनि सपोर्ट गर्छ । यसमा ३३२० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । साथै यसले वायरलेस चार्जिङ पनि सपोर्ट गर्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार