आइतबारदेखि एसईई परीक्षा शुरु, सबैभन्दा धेरै परीक्षार्थी प्रदेश नं ३ मा
इन्द्र रिजाल
चैत १०, २०७५ आइतबार १७:२२:५
काठमाडौं । सङ्घीय संरचनाअन्तर्गत पहिलो पटक आइतवारदेखि माध्यमिक एसईई परीक्षा सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले दिएको जानकारी अनुसार पहिलो दिन सातवटै प्रदेशमा अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हाे ।
परीक्षा नियन्त्रक विष्णु अधिकारीले नेपाल बहस डटकमलाई दिएको जानकारी अनुसार देशभरिबाट चार लाख ७५ हजार तीन जना परीक्षार्थी सहभागी छन् । त्यसमध्ये छात्राको सङ्ख्या छात्रहरूको सङ्ख्याभन्दा केही बढी छ।
यस पटकको एसईई परीक्षामा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरीले दाङको तुल्सिपुर परीक्षा केन्द्र र नायिका करिश्मा मानन्धरले डिल्ली बजार परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।
प्रदेश नं. ३ मा बढी
सात प्रदेशमध्ये सबैभन्दा बढी परीक्षार्थी प्रदेश नं. ३ मा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको परीक्षा नियन्त्रक अधिकारीले बताए। देशभरि १९ सय ६९ वटा परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
शिक्षामा पुरुषलाई उछिन्दै महिला
एसईई नतिजामा भएको त्रुटिको छानबिन हुने परीक्षावधिमा सुरक्षाका लागि २९ हजार ५३५ प्रहरी खटाइएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलका अनुसार अनिवार्य छवटा विषयको प्रदेशअनुसार फरक प्रश्नपत्रको व्यवस्था मिलाइएको छ।
कुन प्रदेशमा कति परीक्षार्थी
प्रदेश नं १ ८३,६१८
प्रदेश नं २ ७०,५१८
प्रदेश नं ३ १,०६,००२
गण्डकी प्रदेश ४८,०६३
प्रदेश नं ५ ७६,९८३
कर्णाली प्रदेश ३५,६३४
सुदूरपश्चिम प्रदेश ५३,९७२
कुल परीक्षार्थी ४,७५,००३
- छात्राको सङ्ख्या २,३८,५५८
- छात्रको सङ्ख्या २,३६,४४५
परिणाम असारभित्र
अनिवार्य छ विषयमा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक शिक्षा र जनसङ्ख्या रहेका छन्। सबै परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन भइरहेको जानकारी आएको परीक्षा बोर्डका अध्यक्ष पौडेलले बताए।
उनका अनुसार प्रश्नपत्रहरू केन्द्रबाटै छापिए पनि उत्तरपुस्तिकाको, परीक्षाकेन्द्र र परीक्षा सञ्चालनको व्यवस्थापन प्रदेश सरकारहरूले गरेका छन्। चैत २१ गतेसम्म सञ्चालन हुने एसईई परीक्षाको परिणाम आउँदो असारभित्रमा सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालयको लक्ष्य छ।
परीक्षा नियन्त्रक अधिकारीले भने, ‘सङ्घीय संरचना अनुसार पहिलो पटक परीक्षा भइरहेकोले केही ढिलो हुन सक्ला कि भन्ने छ, तर असारसम्ममा नतिजा सार्वजनिक गर्ने हाम्रो लक्ष्य छ। ‘तर ऐच्छिक, संस्कृत र प्राविधिक विषयका प्रश्नपत्र सबै प्रदेशमा समान छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार