आइतबार शेयर बजार ६ अङ्कले घट्यो
इन्द्र रिजाल
चैत १०, २०७५ सोमबार २:५९:५
काठमाडौं । आइतबार आज साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयरको मूल्यमा करीब छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.७८ विन्दुले घटेर एक हजार १३४.८० विन्दुमा पुगेको छ ।
ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ विन्दुले घटेर २४१.२९ विन्दुमा पुगेको छ । कूल १६६ कम्पनीका आठ लाख ३० हजार ६८ कित्ता शेयर रु २३ करोड २४ लाख एक हजार १३१ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका कूल दश उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर बढेको छ । सो उपसमूहको शेयर एक प्रतिशतले बढेको छ । बैंकिङ ४.६५, होटल १९.०९, विकास बैंक १२.०२, वित्त ०.३८, निर्जीवन बीमा ५४.६९, उत्पादन १३.६६, अन्य १.४१, लघुवित्त ८.८१, जीवन बीमा ४३.१४ विन्दुले घटेको छ ।
कारोवारका आधारमा आशा लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो संस्थाको रु एक करोड ५५ लाख ७५ हजार ९१०, सिद्धार्थ बैंकको संस्थापक शेयर रु एक करोड पाँच लाख १० हजार ९९५, नागरिक लगानी कोष रु एक करोड तीन लाख ४२ हजार ८११, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ९८ लाख ७२ हजार ३०९, नेपाल लाइफ इन्स्योरेन्स रु ८४ लाख पाँच हजार ५७७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।
स्टकका अनुसार नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.३९, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.२१, छ््याङदी हाइड्रो पावर २.९७, रिलायन्स फाइनान्स लिमिटेडका शेयरधनीले २.५९ कमाएका छन् ।
यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले दश प्रतिशतले गुमाएका छन् । शिवम् सिमेन्ट लिमिटेड ९.९१, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था ४.७५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.६८, आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.६५ प्रतिशतले गुमाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार