यसबर्ष ९० वटा पुल,अर्कोबर्ष झण्डै ३ सय पुल : रघुवीर महासेठ
इन्द्र रिजाल
चैत १२, २०७५ बुधबार ०:५७:४४
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरुको काम अलपत्र परेकाले तत्काल काम थाल्न सम्वन्धित मन्त्रालयलाई संसदको विकास समितिले निर्देशन दिएको छ ।
मंगलबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । अर्थ र भौतिक योजना मन्त्रालयलाई समन्वय गरी रोकिएका आयोजनाहरु अगाडि बढाउन निर्देशन दिएको हो ।
समितिका सदस्यहरुले सरोकारवाला मन्त्रालयबीच समन्वयको अभाव, विजुलीका पोल,जग्गाको मुआब्जा,रकम भुक्तानीलगायतका समस्याका कारण समयमै काम सम्पन्न हुन कठिनाई भइरहेको भन्दै ध्यानाकर्षण गरेका थिए ।
रणनीतिक महत्वका सडक र पुलहरुको निर्माण पनि समयमै रकम भुक्तानी नभएकै कारण अलपत्र परेको सांसदहरुले बताएका छन् । सरकारको विकासशैलीप्रति जनता सन्तुष्ट नभएकोले संघ, प्रदेश र स्थानीय तीनै तहलाई परिचालन गर्दै अधुरा आयोजनाहरुलाई पुरा गर्न सांसदहरुको जोड छ ।
बैठकमा भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठले मन्त्रालयले सडक निर्माणलाई तिव्रता दिएको बताउँदै आगामी आर्थिक वर्षसम्म अधिकांश सडक निर्माणको काम सम्पन्न भइसक्ने दावी गरे । उनले यसबर्ष ९० वटा पुल बनिसकेको र अर्कोबर्ष झण्डै ३ सय पुल बन्ने जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार