मानव तस्करी सेटिङ मिलाउन विमानस्थलका कर्मचारीलाई भ्याइनभ्याइ
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
चैत १३, २०७५ बुधबार १६:२२:०
![](https://nepalbahas.prixacdn.net/media/albums/TIA-nepal_plyxVXXbdo.jpg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ। विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ।
फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका खिमबहादुर बस्नेतलाई त्यहाँको अध्यागमनले प्रवेश दिएन। मरिसस प्रहरी र अध्यागमनका कर्मचारीले धेरैबेर केरकार गरेपछि पाँचै जनालाई सोही दिन दुबई हुँदै नेपाल फिर्ता गरिदियो। उनीहरू पर्यटक भिसामा फागुन १६ गते काठमाडौंबाट दुबई हुँदै अफ्रिकी मुलुक मरिसस गएका थिए।
अध्यागमन कर्मचारीले नै फागुन ७ मा ती ५ युवालाई कागजपत्र नमिलेको भन्दै फर्काइदिएका थिए। त्यसको एक सातापछि पुरानै कागजपत्रका आधारमा अध्यागमन कर्मचारीले उनीहरूलाई उडाए। सुरुमा प्रस्थान अनुमति नदिएका ५ जनालाई के कारणले पुरानै कागजपत्रका आधारमा कर्मचारीले प्रस्थान अनुमति दिए अनुसन्धानको विषय बनेको छ। मरिसस अध्यागमनले फर्काइदिएपछि रुकुम फर्केका अविनाशले पहिलो पटक जाँदा विमानस्थलले फकाईदिएको र त्यसको एक सातापछि प्रस्थान अनुमति दिएको बताए।
‘फर्काएको एक सातामा नै फेरि के कारणले प्रस्थान अनुमति दिएको हो, त्यसबारे हामीलाई केही थाहा छैन’, उनले भने, ‘हामीलाई लैजानै मान्छेले नै एयरलाइन्स र अध्यागमनमा मिलाएका हुन्।’
आकर्षक जागीर मिलाइदिने प्रलोभनमा ५ जनाले प्रतिव्यक्ति ४ लाखका दरले मानव तस्करलाई रकम दिएका थिए। त्यही रकममा सेटिङ गर्ने देखि मरिससमा काम खोजिदिनेसम्म तस्कर समूहले जिम्मा लिएको थियो। उनीहरूको सञ्जालले एयरलाइन्स र अध्यागमनमा सेटिङ गरेका हुन्। उनीहरूले एयरलाइन्स र अध्यागमनमा सेटिङ गर्न कति रकम खर्चिए खुलेको छैन।
विमानस्थल अध्यागमनका कर्मचारी भने श्रम छलेर जाने कसैलाई पनि प्रस्थान अनुमति नदिएको दाबी गर्छन्। मरिसस गएका ५ युवाबारे अध्यागमनकै अधिकांश कर्मचारी बेखबर छन्। विमानस्थल अध्यागमन कार्यालय प्रमुख कुमार खड्काले पर्यटक भिसामा मरिसस गएकोबारे आफूलाई कुनै जानकारी नभएको बताए। उनले भने, ‘केही युवालाई मरिससले फर्काएको भन्ने सुनेको छु। के रैछ म बुझ्दैछु।’
गृह मन्त्रालयले खाडीलगायत अफ्रिकी देशमा पर्यटक भिसामा जान कडाइ गरेको छ। घुम्ने बहानामा जाने, नफर्की त्यहीं काम गर्ने र दुःख पाए सरकारलाई दोष दिने प्रवृत्ति बढेपछि गृहले पर्यटक भिसामा कडाइ गरेको हो। स्पष्ट उद्देश्यबिना रुस, पोर्चुगललगायत देश जानसमेत गृहले कडाइ गरेको छ। मानव तस्करले विमानस्थल अध्यागमनमा सेटिङ गरी पर्यटक भिसा भएकालाई गैरकानुनी तवरले खाडी र अफ्रिकी देश पठाउने गरेका छन्।
अध्यागमन कर्मचारीले विमानस्थल वरिपरिका रेस्टोरेन्टमा सेटिङको डिल गर्ने गरेको तथ्यसमेत अन्नपूर्ण पोस्ट्ले फेला पारेको छ। म्यानपावर कम्पनीका एजेन्ट र ट्राभल एजेन्सीका कर्मचारीले अध्यागमनका कर्मचारीलाई सेटिङमा भएका व्यक्तिको सूची दिन्छन्। एजेन्टले भाइबर र इमेलमार्फत अध्यागमन र एयरलाइन्सका कर्मचारीलाई मान्छेको लिस्ट पठाउने गरेको स्रोतले बताएको छ। म्यानपावरका एजेन्ट, ट्राभलका कर्मचारीले अध्यागमनका कर्मचारीलाई आर्थिक प्रलोभन देखाएर अवैध ढंगले मान्छे उडाउने गरेका खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
‘हामीले विमानस्थलस्थित अध्यागमनबाट विगतमा हुँदै आएको सेटिङ तोड्न खोजेका हौं। केही सुधार पनि भएका छन्’, गृह मन्त्रालयका एक अधिकारीले भने, ‘केही खराब मानसिकता भएका कर्मचारीका कारण समग्र अध्यागमनको छवि बिग्रने अवस्था आएको छ।’
प्राविधिक हिसाबले अध्यागमन संयन्त्र बलियो बनाउने प्रयास भइरहेका बेला विमानस्थलस्थित अध्यागमन कर्मचारीले देशकै बेइज्जत हुने गरी मानव तस्करीमा संलग्न भएको पाइएको हो। श्रम स्वीकृती नभएका युवाहरूलाई तस्करसँगको सेटिङमा विमानस्थल अध्यागमन कर्मचारीले खाडी मुलुक, माल्टा, पोर्चुगल र अफ्रिका पु¥याउने गरेका छन्। अवैध ढंगले माल्टा, पोर्चुगल पठाएको विषयमा गृह मन्त्रालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अहिले छुट्टाछुट्टै छानबिन गरिरहेका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार