लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
इन्द्र रिजाल
चैत १३, २०७५ बिहिबार २:५१:४३
रुपन्देही । तीनबुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।
दक्षिण एशियामा जातीय र धार्मिक द्वन्द्व न्यूनीकरण गरी शान्ति स्थापनाका लागि प्रयास गर्ने, लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति केन्द्र स्थापनाका लागि सबै देशले सहकार्य गर्ने तथा प्रत्येक वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने निर्णय गरी सम्मेलन सम्पन्न भएको हो । सम्मेलनका निर्णय आज लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी सार्वजनिक गरिएको सो सम्मेलनका सहसंयोजक सुजिता भट्टराईले जानकारी दिए ।
लुम्बिनी विकास कोष, नेपाल सरकार र विनचेस्टर विश्वविद्यालय बेलायतद्वारा संयुक्त रुपमा आयोजना गरिएको ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक सम्मेलनमा १५ मुलुकका १२ विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा विभिन्न मुलुकले द्वन्द्वको अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धको समाधानका उपायलगायत विषयमा छलफल गरिएको सम्मेलनका निर्देशक मुक्ति सुवेदीले जानकारी दिए । सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्धिजमको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रोफेसर ह्युग मियल, ‘श्रीलङ्कामा युद्धपछिको धार्मिक कट्टरता’ विषयमा बेलायतका चास मोरिसन, ‘नेपालको धर्मनिरपेक्षता र दिगो धार्मिक सहिष्णुता’ विषयमा डा योगी सिंहनाथ, इण्डोनेशियाका अनिसा मार्टियाना, बेलायतका प्रोफेसर मार्क वइन, भारतका प्रोफेसर प्रियङ्का चक्रवर्ती, नेदरल्याण्डका जोना थानवेरीलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, बेलायत, क्यानडा, नेदरल्याण्ड, इन्डोनेसियालगायत देशका विज्ञ सहभागी थिए । समापनमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्य पुत्तले बुद्धका उपदेशमा सबै खालका द्वन्द्व समाधानका उपाय भेटिने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयोग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्छ : डा जोन हेगलिन
कात्तिक २३, २०८१ शुक्रबार
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार
'तेल भिसा' मा विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार