आईपीएल : पहिलो जितको खोजीमा बैंगलोर र मुम्बई प्रतिस्पर्धा गर्दै
इन्द्र रिजाल
चैत १४, २०७५ बिहिबार १८:३४:२२
एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा बिहिबार एक खेल हुँदैछ । बिहिबार हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्दै छन् ।
बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा घरेलु टोली र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति ८स्१५ मा सुरु हुनेछ । र, दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर पहिलो खेलमा साबिकको विजेता चेन्नई सुपर किङ्ससंग ७ विकेटले पराजित भएको थियो । मुम्बईविरुद्ध बैंगलोर उक्त हार बिर्साउने लक्ष्यसहित मैदान उत्रने छन् ।
बैंगलोरलाई घरेलु समर्थक र स्टार खेलाडीहरुको साथ समेत रहने छ । बैंगलोरमा पार्थिव पटेल,मोइन अली, एबी डी भिलियर्स, सिम्रन हिटमाएर, टिम साउथी, उमेश यादव, युजभेन्द्र चाहल जस्ता खेलाडी रहेको छ ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई बलियो टोली हो । तर, पहिलो खेलमा मुम्बई दिल्ली क्यापिटल्ससंग ३७ रनले पराजित भएको थियो ।
मुम्बई बैंगलोरलाई उसैको मैदानमा हराएर पहिलो जित निकाल्न चाहन्छ । मुम्बईमा युवराज सिंह, हार्दिक पाण्डे, केइरन पोलार्ड, क्विनटन डी कक, जस्प्रित बुम्रहा जस्ता खेलाडीको साथ रहेको छ ।
बैंगलोर र मुम्बईबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा मुम्बई बलियो देखिएको छ । बैंगलोरले पछिल्लो पाँच भेटमा मुम्बईलाई एक पटक मात्र हराउन सकेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार