शिवम् सिमेन्टले ६९ करोड लाभांश दिने
इन्द्र रिजाल
चैत १४, २०७५ बिहिबार २०:१७:८
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई रु ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिए ।
आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट कम्पनीको चुक्ता पूँजी रु चार अर्ब ४० करोडको प्रतिशेयरको दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश रकम वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।
यस्तै जेविल्स फाइनान्सले रु एक करोड ३२ लाख ५६१ बराबरको शेयर लाभांश वितरण गर्ने भएको छ । यस्तै रु पाँच लाख २८ हजार २९ बराबरको नगद लाभांशसमेत शेयरधनीलाई वितरण गरिने उक्त कम्पनीले जनाएको छ । गत असार मसान्तमा कायम भएको चुक्ता पूँजी रु ५७ करोड ७९ लाख १२ हजार ५०० रहेको छ ।
उक्त चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर तथा अवितरित हकप्रद शेयरको लिलामीबाट कायम हुने शेयरसमेत समायोजन गरेपछि कायम भएको रु ८० करोड ९० लाख ७७ हजार ५०० बाट लाभांश वितरण गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट अनुमोदन भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गरिने फाइनान्सले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो
माघ ८, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार