नेपाल र अमेरिकाबीच उच्च राजनीतिक वार्ता हुने : प्रचण्ड
इन्द्र रिजाल
चैत १४, २०७५ शुक्रबार १:१२:३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा वार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएको बताएका छन् ।
पत्नी सीता दाहालको उपचारका लागि १० दिनअघि अमेरिका पुगेका प्रचण्ड बिहीबार बेलुका स्वेदश फर्किएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दे अमेरिकामा भएका केहि भेटवार्तामा नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा वार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएको बताए ।
मेरिल्याण्ड राज्यमा नेपाली मूलका सांसद ह्यारी भण्डारीले आफूलाइ स्वागत गरेको अध्यक्ष प्रचण्डले बताए । भ्रमणका क्रममा नेपालका लागि पूर्वअमेरिकी राजदूत, अमेरिकी सरकारका विशिष्ट कर्मचारी र अमेरिकामा रहेका नेकपाका नेता–कार्यकर्तासँग पनि राम्रो कुराकानी भएको प्रचण्डले बताए ।
आफू जहाजमा रहेका बेला अमेरिकामा आफूविरुद्ध उजुरी परेको भन्दै उनले केहि नेपालीले अमेरिकामा बसेर नेपालको नै बेइज्जत हुने काम गरेको टिप्पणी गरे । त्यस्तै उनले आफू नेपाल फर्किएसँगै अब पार्टी एकता प्रक्रिया टुंगोमा पुर्याउन लाग्ने धारणा राखे ।
त्यस्तै अध्यक्ष प्रचण्डले सीता दाहालको स्वास्थ्यमा निकै सुधार आएको जानकारी पनि दिए । उनले पत्नी सीताको उपचारका लागि मूख्यतः ३ ठाउँमा अनुसन्धान र उपचार भएको बताए ।
सीताको शरीर र मस्तिष्कलाई फूर्तिलो बनाउने यन्त्र र औषधि लिएर आफूहरु फर्किएको उनले बताए । अमेरिकामा सीता दाहालको स्वास्थ्योपचारपछि प्रचण्ड स्वदेश फिर्ता भएका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसमानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार