रञ्जुप्रति बिना मगर आक्रोशित, चरित्रहत्या नगर्न चेतावनी !
इन्द्र रिजाल
चैत १५, २०७५ शुक्रबार १५:२५:५३
काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनासँग जोडेर आफ्नो चरित्रहत्याको प्रयास भइरहेको आरोप लगाएकी छिन् ।
विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले मेलम्ची आयोजनामा अनियमितता गरेको भन्दै खानेपानी मन्त्रालय र मन्त्रीविरुद्ध उजुरी दिएका बेला बुधवार विज्ञप्ति जारी गर्दै मन्त्री मगरले प्रमाणविना आफ्नो स्वार्थपूर्तिका लागि चरित्रहत्या नगर्न चेतावनी दिएकी छिन्।
‘यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छर ? ’ उनले प्रश्न गरेकी छिन्, ‘आफ्नो स्वार्थपूर्तिका लागि कसैमाथि चरित्रहत्या गर्ने अधिकार उनलाई छैन । यो चरित्रहत्या मेराविरुद्ध मात्र नभएर निष्ठा र समर्पणको राजनीति गर्नेहरुमाथिको आक्रमण हो।’
मेलम्ची खानेपानी आयोजना समयमै सम्पन्न गर्न आफू लागिरहेको र ठेकेदार कम्पनी सिएमसी आर्थिक रुपमा टाट पल्टिँदा निर्माणको कार्यमा अवरोध पुगेको स्पष्ट पार्दै मन्त्री मगरले मेलम्ची खानेपानी विकास समिति आफैंमा स्वायत्त, अधिकारसम्म निकाय भएको र सहजीकरणबाहेक मन्त्रीको प्रत्यक्ष भूमिका नरहने जानकारी गराएकी छिन्। ‘विषय यति प्रस्ट हुँदाहुँदै नियोजित रुपमा मन्त्रीलाई जोड्न खोज्नु राजनीतिक पूर्वाग्रह र बेइमानी हो’, उनले भनेकी छिन् ।
मेलम्ची आयोजना छिटो सम्पन्न गर्न मन्त्रालय र विकास समितिले विभिन्न विकल्पमा छलफल गरिरहेको मन्त्री मगरको भनाई छ। ‘राजनीति जनताका लागि, जनताको सेवाका लागि’ भन्ने मुल मन्त्रसहित अघि बढिरहेको भन्दै उनले आफ्नो राजनीतिक निष्ठामाथि प्रश्न उठाउँदा पृष्ठभूमि र संघर्षको इतिहासप्रति हेक्का राख्न आग्रह गरेकी छिन् ।
अख्तियारमा उजुरी गर्न पाउने अधिकारको आफूले सम्मान गर्ने तर त्यसको लागि तथ्यगत प्रमाण हुनुपर्नेमा जोड दिँदै मन्त्री मगरले मेलम्ची आयोजनामा अनियमितता भएको प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार रहेको स्पष्ट पारेकी छिन्।
अनियमितता प्रमाणित नभए चरित्रहत्याको जिम्मेवारी रञ्जुले लिनुपर्ने मन्त्रीको भनाई छ। ‘यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? ’ उनले प्रश्न गरेकी छिन्, ‘आफ्नो स्वार्थपूर्तिका लागि कसैमाथि चरित्रहत्या गर्ने अधिकार उनलाई छैन। यो चरित्रहत्या मेराविरुद्ध मात्र नभएर निष्ठा र समर्पणको राजनीति गर्नेहरुमाथिको आक्रमण हो।’ नागरिक दैनिकबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार