माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई रिहा गर्न अदालतको आदेश
इन्द्र रिजाल
चैत १५, २०७५ शनिबार १:४०:३८
माले । अनुसन्धानका लागि थुनामा राखिनु भएका माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
देशको उच्च अदालतले उनीसँग अनुसन्धान गर्न बाँकी अब केही नरहेको भन्दै रिहा गर्न आदेश दिएको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।
अपराध अदालतको आदेशपछि उनलाई गत महिना नियन्त्रणमा लिइएको थियो । यो बीचमा अदालतले उनीसँग सम्पत्ति शुद्धिकरणसम्वन्धी अभियोगबारेमा अनुसन्धान गरेको थियो ।
उनका वकीलहरूले यमिनलाई थुनामा राखिरहनु आवश्यक नभएकाले थुनामुक्त गर्न अदालत समक्ष आग्रह गरेका थिए । विरामी भएकाले उनीलाई यसअघि कारागारमा नराखी घरमै नजरबन्द गरिएको थियो । उनीविरूद्ध लामो समयदेखि भ्रष्टाचारसम्वन्धी अभियोगमा अनुसन्धान भइरहेको छ ।
पूर्व राष्ट्रपति यमिनले भने आफुमाथि लगाइएको आरोपको खण्डन गर्दै आएका छन् । उनले आफू राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिनुअघि दश लाख ५० हजार डलर सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाइएको छ ।
माल्दिभ्समा निकै प्रभावशाली नेता मानिने यमिन सन् २०१३ देखि शक्तिमा आएका थिए । त्यसपछि उनले आफ्ना विपक्षीहरुलाई अनेक अभियोग लगाउँदै कारागार पठाउन लगाएका थिए ।
आफ्नो कार्यकालमा चीनसँग राम्रो सम्बन्ध बनाएका यमिनविरुद्ध अरु अभियोगहरू पनि लगाइएको छ । चोरी, घुस र आर्थिक अपचलनसम्बन्धी ठूलो अभियोग लगाउँदै उनका विरुद्धमा प्रहरीले महान्याधिवक्ताको कार्यालयमार्फत मुद्दा दर्ता गरेको थियो ।
नयाँ राष्ट्रपति इब्राहिम सोलिह नेतृत्वको सरकारले केही हप्ता पहिलो एक वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति यमिनको कार्यकालमा भएका अनियमितता वा राज्य शक्तिको दुरुपयोगसम्बन्धी कुनै विवरण वा प्रमाणहरू भएमा उपलब्ध गराउन आह्वान गरेको थियो ।
आह्वानअनुसार प्राप्त अनियमिततासम्बन्धी केही विवरणहरू राष्ट्रपतिको कार्यालयले गत जनवरीको सुरुवातमै सार्वजनिक गरेको थियो ।
गत सेप्टेम्बर २३ मा भएको निर्वाचनबाट सोलिह राष्ट्रपतिमा निर्वाचित हुनेभएपछि यमिन विरुद्धको कारबाही सुरु भएको हो । सानो एशियाली मुलुक माल्दिभ्समा पछिल्लो समय प्रतिशोधको राजनीति हावी भएको देखिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’ को आह्वान
पुष २, २०८१ मंगलबार
रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार
‘पुष्पा २’ प्रिमियरको क्रममा भागदौडमा घाइते भएका बालकको अवस्था चिन्ताजनक
पुष ३, २०८१ बुधबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार