बारको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न, चैत १९ गतेबाट मतगणना हुने
इन्द्र रिजाल
चैत १६, २०७५ आइतबार ०:४६:५५
काठमाडौं । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन सम्पन्न भएको छ ।
पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।
शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन भएको थियो । बारको २५ कार्यसमितिका लागि ६३ जनाले उम्मेदवारी दिएका थिए । नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ । अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बनेका छन् ।
निर्वाचनले तीनवर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।
सर्वोच्चमा भएको मतदान केन्द्रमा चार हजार ८४३ मत खसेको छ । सर्वोच्च वारमा ६४४, उच्चवारमा एक हजार ६८८, काठमाडौँमा एक हजार ५८० र ललितपुर वारको ५०२ र भक्तपुर तथा नाम सारिएकाहरुबाट ४२९ मत खसेका छन् ।
देशभरिबाट मतपेटिका सङ्कलन गरेपछि यहि चैत १९ गतेबाट काठमाडाँैमा मतगणना हुने बारले जनाएको छ । देशभर बारका १० हजार ३१३ मतदाता थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार