आठौँ राष्ट्रिय खेलकूदको तालिका सार्वजनिक
इन्द्र रिजाल
चैत १६, २०७५ आइतबार ४:५०:४०
काठमाडौँ। प्रदेश नम्बर ५ मा आयोजना आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको धरैजसो खेल बाँकेमा हुने भएको छ ।
शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले आज जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुनेछ । त्यसैगरी दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल आयोजना गरिनेछ ।
वैशाख ५ गते औपचारिक उद्घाटन गरिने प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।
त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ ।
प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन आगाम िवैशाख ५ गते नेपालगञ्ज रङ्गशालामा र समापन पनि वैशाख ११ गते सोही रङ्गशालामा गरिनेछ ।
गत मङ्सिरमै तय भएको प्रतियोगिता पूर्वाधार तयार नहुँदा पटक–पटक सर्दै आएको थियो । राखेपको शुक्रबार बसेको सञ्चालक समिति बैठकले प्रतियोगिता वैशाख ५ देखि गर्ने निर्णय गरेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहिला फुटबलः एपिएफ विजयी
असोज ४, २०८१ शुक्रबार
च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात
असोज ४, २०८१ शुक्रबार
हेडको शतकीय पारीसँगै इङल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
असोज ५, २०८१ शनिबार
तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
असोज ५, २०८१ शनिबार
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
असोज ५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ५, २०८१ शनिबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार