प्रधानमन्त्री ओलीले दुईदिनका लागी काठमाडौं छोडे
इन्द्र रिजाल
चैत १७, २०७५ आइतबार १७:३४:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनका लागी काठमार्डौं छोडेका छन् । प्रधानमन्त्री ओलीले जिल्लाहरुमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन दुई दिन काठमाडौं छोडेका हुन् ।
दुईदिने झापा र मोरङ भ्रमणमा जानका लागी उनी आज त्यसतर्फ प्रस्थान गरेका छन् । दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै उनले आजै अपराह्न आयोजना हुने दमक नगरपालिका परिसरमा प्रदेश नं १ स्तरीय साहित्यिक गोष्ठीको उद्घाटन गर्नुका साथै मदन भण्डारी रङ्गशालासम्बन्धी छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग पनि भेटघाट एवं छलफल गर्ने छन् । उनले भोलि बिहान दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा र दमकमा निर्माण भएको पशुपक्षी हाटको उद्घाटन गर्ने कार्यक्रम रहेछ ।
साथै भोलि दिउँसो भारतीय राजदूतावासले बनाइदिएको गौरादह नगरपालिकास्थित स्कुलचौन माविको भवन उद्घाटन र हस्तान्तरण कार्यक्रममा पनि उनको सहभागिता रहनेछ । यी सबै कार्यक्रम सकेर भोलि नै प्रधानमन्त्री ओली भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार