सकियो महिला क्रिकेटको अक्सन, महंगा तीन खेलाडी रेखा थापाको टिममा
इन्द्र रिजाल
चैत १७, २०७५ सोमबार २:४७:९
काठमाडौं । एनसीएल स्पोर्ट्स प्रालिको आयोजनामा बैजनाथ क्रिकेट मैदान विराटनगरमा वैशाख ७ गतेदेखि १४ मा हुने लिगको अक्सन आइतबार राजधानीमा सकिएको छ ।
अक्सनमा दर्ता भएका जम्मा ८० खेलाडी मध्ये हरेक टिमले १३र१३ जना खेलाडी खरिद गरेका छन्। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरी थापा, करुणा भन्डारी चार अलग-अलग टोलीको मार्की खेलाडीका रुपमा यसअघि नै अनुबन्ध गरिएको थियो।
क्रिकेट लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीको सहभागिता रहनेछ। सहभागी टोलीका मालिक अनुप सक्सेना ‘विराटनगर रोअरिङ्ग लायोनेस’, अनिल भण्डारी ‘भैरहवा क्विन्स’, बिमोचन उप्रेती ‘धनगढी वन्डर वोमेन’, रेखा थापा ‘काठमाडौ सुपर च्याम्पियन्स’ रहेका छन्।
प्रतियोगिता खेल्न दर्ता भएका खेलाडिहरुलाइ ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको थियो। अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ, बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ, त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहेको थियो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
कर्णालीका ९ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
पुष १४, २०८१ आइतबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार