प्रदेशस्तरीय यु–१६ क्रिकेट मङ्गलबारदेखि सुरु
इन्द्र रिजाल
चैत १८, २०७५ सोमबार १९:३१:४
काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा सोह्र वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ ।
यही चैत २५ गतेसम्म चल्ने उक्त प्रतियोगिताका खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा सात प्रदेश सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश छन् । त्यस्तै समूह बी मा सुदूरपश्चिम प्रदेश, प्रदेश २ र प्रदेश १ छन् । दुवै समूहको शिर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइलनमा प्रवेश गर्नेछन् ।
उक्त प्रतियोगिताको विजेता टोलीले रु एक लाख ५० हजार बराबरको खेल सामग्री पाउनेछन् भने उपविजेताले रु ७५ हजार बराबरको क्रिकेट खेल सामग्री प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडी थाइल्याण्डमा आयोजना हुने एसीसी य–१६ इस्ट्रन रिजनका लागि छनोट हुनेछन् । उद्घाटन खेलमा समूह ए मा रहेको प्रदेश ३ र गण्डकी प्रदेश भिड्नेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविश्वकप जितेपछि द्रविडले भने: खेलाडीको रुपमा जित्न सकिन, प्रशिक्षक बनेर जिते
असार १६, २०८१ आइतबार
राशिद खान : शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
कांग्रेस पदाधिकारी बैठक बस्दै
असार १७, २०८१ सोमबार
विश्वकप विजेता भारतीय टिमलाई १२५ करोड भारू पुरस्कार
असार १७, २०८१ सोमबार
स्पेन युरोकपको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
असार १७, २०८१ सोमबार
इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी
असार १७, २०८१ सोमबार