गोरखामा बर्डफ्लुको आशङ्का सात हजार चल्ला नियन्त्रणमा
इन्द्र रिजाल
चैत १८, २०७५ सोमबार १९:४३:५३
गोरखा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बर्डफ्लुको आशङ्कामा गएराति सदरमुकाम भित्र्याउँदै गरिएका सात हजार भन्दा बढी कुखुराका चल्ला नियन्त्रणमा लिएको छ ।
गोरखा नगरपालिका–१३ स्थित मझुवा देउरालीमा क्वारेनटाइन जाँचका क्रममा चल्ला नियन्त्रणमा लिइएको केन्द्रका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिए।
सदरमुकामतर्फ ल्याइँदै गरिएका दुई गाडीबाट चार हजार १५० र छोप्राक लैजान लागिएका एउटा गाडीबाट तीन हजार दुई सय कुखुराका चल्ला नियन्त्रणमा लिइएको उनले बताए ।
“नियन्त्रणमा लिइएका चल्लाको नमूना परीक्षणका लागि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा पठाउन लागिएको छ”, उनले भने, “परीक्षणपछि मात्र बिक्री गर्न मिल्ने नमिल्ने थाहा हुन्छ ।” बर्डफ्लु भएको भेटिए बर्डफ्लु रोग नियन्त्रण कार्यविधि २०६४ अनुसार कारवाही अगाडि बढाइने उनले बताए ।
बरामद गरिएका चल्लाको भेटिनरी प्रमाणपत्रमा फाराम भर्दा हस्ताक्षर गर्ने चिकित्सकको अक्षर र फाराम भर्दाको अक्षर समेत फरक पाइएको प्रमुख डा ठाकुरको भनाइ छ । उनले हस्ताक्षर चिकित्सकले गर्ने भए पनि व्यहोरा अरुले नै भर्ने गरेकाले पनि शङ्का उब्जिएको बताए।
नियन्त्रणमा लिइएका चल्लाको नमूना परीक्षणपछि बडफर््लु भएको पूष्टी भए सुरक्षित ठाउँमा लगेर भए नष्ट गरिने उनले बताए । पछिल्लो पटक केही जिल्लामा बर्डफ्लु भेटिएको पूष्टी भएपछि गोरखामा बर्डफ्लु भित्रन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको उनले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयोग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्छ : डा जोन हेगलिन
कात्तिक २३, २०८१ शुक्रबार
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
कारागारबाट सुरुङ खनी फरार भएका यादव १२ वर्षपछि पक्राउ
कात्तिक २४, २०८१ शनिबार
अमेरिकी डलर र युरोको भाउ बढ्यो
कात्तिक २४, २०८१ शनिबार
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
कात्तिक २४, २०८१ शनिबार
पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षाको सम्भावना
कात्तिक २४, २०८१ शनिबार
यु–१९ महिला विश्वकप क्रिकेट छनोट: नेपालले आज युएईविरुद्व खेल्ने
कात्तिक २४, २०८१ शनिबार
सरकारलाई थप कमजोर बनाउने कि गतिशील र प्रभावकारी ?
कात्तिक २४, २०८१ शनिबार