प्रभु, एनएमबी र एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ताको आँखा, आज ६ अङ्कको बृद्धि
इन्द्र रिजाल
चैत १८, २०७५ सोमबार २२:४४:७
युनिभर्सल पावर कम्पनीका शेयरधनीलाई झण्डै १० अंकको घाटा !
काठमाडौं । हिजो ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ विन्दुले बढेर २४४.८१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार रकममा समेत बृद्धि भएको छ । कूल १७१ कम्पनीका १२ लाख ६५ हजार ६६२ कित्ता शेयर रु ३५ करोड २८ लाख १० हजार ७५० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा उत्पादन ४.६६ र अन्य ५.९२ विन्दुले घटेका छन् ।
यस्तै बैंकिङ १०.१५, होटल ३३.६७, विकास बैंक ६.३७, जलविद्युत् २.८७, वित्त २.०७, निर्जीवन बीमा २९.७, लघुवित्त २.२८ र जीवन बीमा २.२ विन्दुले बढेका छन् । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २ करोड २० लाख ७८ हजार ८४ मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ । यस्तै प्रभु बैंकको रु २ करोड ११ लाख २० हजार ५७८, एनएमबी बैंकको रु २ करोड ६३ लाख ५९ हजार ४१०, नेपाल बैंक लिमिटेडको रु एक करोड ३१ लाख ७७ हजार ७५७, महालक्ष्मी विकास बैंकको रु एक करोड १९ लाख ६० हजार ४७, एभरेष्ट बैंकको रु एक करोड १३ लाख ९६ हजार ९७६ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार महालक्षमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.४५ प्रतिशतले कमाउँदा अरुण कावेली हाइड्रो पावर ४.९५, हिमालयन पावर पार्टर ४.९२, गुडविल फाइनान्स ४.३५, सनराइज बैंकको शेयरधनीले ३.६९ प्रतिशतले कमाएका छन् । यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८७, कञ्चन डेभलपमेन्ट बैंक ७.०१, किसान माइक्रोफाइनान्स ५.९८, सूर्योदय लघुवित्त वित्तीय संस्था ५.५२, शिखर इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.४५ प्रतिशतले गुमाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो
माघ ८, २०८१ मंगलबार
भीमदत्त नगरपालिकाका कांग्रेस सभापति सडकमा मृत भेटिए
माघ १९, २०८१ शनिबार
वडामै योजना सम्झौता : समय र खर्चको बचत
माघ १९, २०८१ शनिबार
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
माघ १९, २०८१ शनिबार
त्रिदेशीय महिला टी–२०: आज नेपाल र थाइल्याण्ड खेल्दै
माघ १९, २०८१ शनिबार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
माघ १९, २०८१ शनिबार
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैंडा स्थानान्तरण
माघ १९, २०८१ शनिबार