बारा पर्सा हावाहुरी : प्रभावित गाउँहरू उजाड, पीडित अन्योलमा !
इन्द्र रिजाल
चैत १८, २०७५ सोमबार २३:५३:५२
काठमाडौं । आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरीले बारा र पर्साका प्रभावित ठाउँ उजाड देखिएका छन् । यतिबेला हावाहुरीमा परि आफन्त गुमाएकाहरू घरमै रोइरहेका छन् ।
पुरैनियासहित अति प्रभावित बाराको फेटा, भरवलिया, र चैनपुरमा मानिसहरू अब के खाने र के लगाउने भन्ने अन्योलमा परेका छन् । गाउँमा भित्र्याउने बेला भएको गहुँ सबै असिनापानीले नष्ट गरेको छ। मानिसहरूले रातभरी डरका कारण सुत्नसम्म पाएका छैनन् ।
रातिदेखि नै उद्धारका लागि खटिएका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू पनि गाउँमा बसेर मानिसहरूको उद्धार गरिरहेका छन् ।हावाहुरीका कारण जस्तासंगै उकिएका सिमेन्टका घर पनि ढलेका छन् ।
ती क्षेत्रमा घरहरू ढल्नुका साथै सानादेखि ठूला सबै रुखहरू जरैसम्म उखेलिएर ढलेको देखिन्छ। धेरै ठाउँमा बिजुलीका खम्बा ढलेका छन् । त्यस क्षेत्रमा बिजुली आपूर्ति बन्द छ ।
घाइतेहरूको अवस्था दयनीय छ। हावाहुरीको डर मानिसहरूको अनुहारमा अझै देखिन्छ। अस्पतालमा भर्ना भएका र बोल्न सक्ने अवस्थामा रहेका बिरामीहरू आफ्ना आफन्तहरूलाई के भइरहेको छ भनेर चिन्तित छन् ।
तीमध्ये केही उपचार गरेर घर फर्किएका छन् भने धेरै चाहिँ उपचाररत छन्। बिरामीमध्ये केहीको टाउको, खुट्टा, पेटलगायतमा चोट लागेको देखिन्छ। र, ती अधिकांश आफ्नै घरभित्र रहेका बेला घाइते भएका हुन्। घटना भएलगतै विभिन्न संघसंस्थाले राहतका सामग्री लिएर गइरहेका देखिन्छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
अमेरिकी डलर र युरोको भाउ बढ्यो
कात्तिक २४, २०८१ शनिबार
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
कात्तिक २४, २०८१ शनिबार
पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षाको सम्भावना
कात्तिक २४, २०८१ शनिबार
यु–१९ महिला विश्वकप क्रिकेट छनोट: नेपालले आज युएईविरुद्व खेल्ने
कात्तिक २४, २०८१ शनिबार
सरकारलाई थप कमजोर बनाउने कि गतिशील र प्रभावकारी ?
कात्तिक २४, २०८१ शनिबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार