कांग्रेस प्रदेश नम्बर २ ले हावाहुरी पीडितलाई १० लाख दिने
इन्द्र रिजाल
चैत १८, २०७५ मंगलबार ०:१४:५५
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश नम्बर २ ले हावाहुरी पीडितलाई १० लाख दिने घोषणा गरेको छ ।
काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिँदै शिविर सञ्चालन गर्न १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
उनले भने, ‘हावाहुरीका कारण घर भत्केर खानबाट वञ्चित भइरहेकाहरुलाई राहत तथा खाना बस्नका लागी शिविर सञ्चालनका लागि नेपाली काँग्रेस प्रदेश २ ले १० लाख रुपैयाँ दिनेछ । यस विपतको घडिमा सबै कार्यकर्ता सक्रिय रुपमा राहत तथा उद्धारमा जुट्नु होला ।’
पार्टीको निर्देशनमा उपसभापति निधि सोमबार दिउँसो हावाहुरी प्रभावित क्षेत्र गएका थिए । बारा र पर्साको सिमानामामा रहेको चैनपुर गाँउपालिकाबाट गएराती सुरु भएको चक्रवात हावाहुरीले बारास्थित कलैया नगरपालिका, सुवर्ण गाँउपालिका, फेँटा गाँउपालिका महा गढीमाई गाँउपालिकाको विभिन्न वडाहरुमा ठूलो वितण्डा मच्चाएको थियो ।
प्रहरी प्रमुख एसपी सानुराम भट्टराईका अनुसार हावाहुरीबाट बारामा १२ जना पुरुष, ८ महिला, ६ बालबालिका सहित २६ जना र पर्सामा एकजना गरी हालसम्म २७ जनाको मृत्युु भइसकेको छ ।
त्यसैगरी घटनामा ४ सय भन्दा बढी घाइते भएका छन् । कलैयास्थित जिल्ला अस्पतालमा हालसम्म तीन सय ११ जनाको उपचार भएको थियो ।
अस्पतालका अनुसार जसमध्ये १८ जनाको मृत्युु भइसकेको छ भने ७ जना गम्भीर बिरामीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार