लगानी स्रोत जुटाउन दुई अर्बको ऋणपत्र निष्काशन : नबिल बैंक
इन्द्र रिजाल
चैत १९, २०७५ मंगलबार १९:३९:३२
काठमाडौं । दीर्घकालीन लगानी स्रोत जुटाउन दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र नबिल बैंकले निष्काशन गर्ने भएको छ। सात वर्ष अवधिको उक्त ऋणपत्रमा बैंकले वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने जनाएको छ।
ऋणपत्र निष्काशन गर्न बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। चैत १८ गते उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।
बैंकले प्रति कित्ता एक हजार रुपैयाँका अंकित दरका २० लाख युनिट ऋणपत्र बिक्री गर्नेछ। निष्काशित ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा सात वर्षसम्म ब्याज पाइने हुनाले दीर्घकालीन लगानीको रुपमा पनि ऋणपत्र उपयुक्त अवसर हुने बताइएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार