विश्वभर ११ करोड ३० लाख व्यक्तिमा ‘अत्यधिक भोकमरी’को समस्या : राष्ट्रसङ्घ
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
चैत १९, २०७५ बुधबार १:५०:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/1515318127_chepang_wAqmdrw6ub.jpg)
एजेन्सी । सन् २०१८ मा विश्वका विभिन्न ५३ मुलुकमा ११ करोड ३० लाख जनताले ‘अत्यधिक भोकमरी’ को समस्याबाट पीडित बनेका संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जानकारी गराएको छ ।
युद्ध र जलवायु समस्याका कारण निम्तिएका विपत्तिका कारण अफ्रिका र विश्वका अन्य मुलुकहरूमा खाद्यान्न अभाव हुँदा भोकमरीको समस्या भएको हो ।
द्वन्द्वग्रस्त मुलुकहरू यमन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, अफगानिस्तान र सिरियालगायतका विश्वका आठ मुलुकमा सम्पूर्ण जनसङ्ख्याको दुई तिहाइ जनतामा भोकमरीको खतरा रहेको राष्ट्रसङ्घ खाद्यान्न तथा कृषि संगठनले सन् २०१९ का लागि तयार पारेको विश्वव्यापी खाद्यान्न सङ्कट प्रतिवेदनमा उल्लेख छ ।
तीन कर्ष पहिलेदेखि शुरू गरिएको यो बार्षिक अध्ययनले विश्वका धेरै मुलुकहरू खाद्यान्न सङ्कटको समस्याबाट अघि बढेको देखिएको जनाएको हो । अफ्रिकी मुलुकहरूमा अन्य मुलुकको अनुपातमा बढी खाद्यान्न सङ्कट रहेको छ । अफ्रिका महादेशका करिब सात करोड २० लाख जनता अति भोकमरीको समस्याबाट गुज्रिएको एफएओका आपतकालिन मामिला हेर्ने निर्देशक डोमिनिक बोर्जियनले एएफपीसँग भने ।
द्वन्द्व र असुरक्षा भोकमरी सिर्जना हुनुको प्रमुख कारक रहेपनि आर्थिक कमजोरी, खडेरी तथा बाढीजस्ता जलवायुजन्य सङ्कटका कारण पनि यो समस्या विकराल बनेको प्रतिवेदनमा उल्लेख छ ।
भोकमरीको खतरामा रहेका मुलुकहरूमध्ये झण्डै ८० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेको बोर्जियनले बताए । उनीहरूलाई खाद्यान्नका लागि आपतकालिनरूपमा मानवीय सहयोग र कृषि उत्पादन बढाउने उपायको विकल्प नरहेको उनको भनाई छ ।
पछिल्लो समय भेनेजुयलामा देखिएको राजनीतिक सङ्कटका कारण यहाँका जनतामा पनि खाद्यान्न अभावको समस्या विकराल देखिएको उनले बताए । प्रतिवेदनले ठूलो सङ्ख्यामा शरणार्थीको भार बोक्न बाध्य इराक, सिरिया, बङ्गलादेशमा रहेका व्यक्तिले पनि अत्यधिक खाद्यान्न अभावको झमेला व्यहोर्नुपरेको बताइएको छ ।
यद्यपि सन् २०१७ को तुलनामा यो समस्याबाट पीडित विश्वको जनसङख्यामा भने कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१७ मा १२ करोड ४० लाखको हाराहारी विश्वको जनसङ्ख्याले अति भोकमरीको समस्या व्यहोरेको थियो ।
सन् २०१८ मा मौसमी अनुकुलता तथा सिरिया लगायतका द्वन्द्वग्रस्त मुलुकमा अघिल्ला बर्षको तुलनामा शान्तिपूर्ण अवस्था आएकोले यो समस्यामा गत बर्ष केही कमी आएपनि यसलाई स्थिर परिणामका रूपमा हेर्न नमिल्ने एफएओले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार