बलात्कारको डरलाग्दो तथ्याङक : ७० प्रतिशत शिकार १८ वर्षमुनिका किशोरी
इन्द्र रिजाल
चैत १९, २०७५ बुधबार २:२५:१५
ललितपुर । नेपालमा अहिले बलात्कारका शिकार भएकामध्ये ७० प्रतिशत बलात्कार १८ वर्षमुनिका किशोरीमाथि हुने गरेको एक तथ्याङ्क पाइएको छ । नजीकका छिमेकी, आफन्त वा इष्टमित्रबाट उनीहरु बलात्कार शिकार हुने गरेको तथ्याङ्क महिला पुनस्र्थापना केन्द्र ‘ओरेक’ले सार्वजनिक गरेको छ ।
ओरेकले आज २८ औँ वार्षिकोत्सवका अवसरमा ‘महिला सशक्तीकरणका लागि महिला आन्दोलनका सवालहरु र अबको बाटो’ विषयमा आयोजना गरेको छलफल तथा सामाजिक लेखा परीक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्य पार्वती बिसुंखेले राज्यको निकायमा महिलाको प्रतिनिधित्व बढेमा महिला हिंसाको घटना न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।
“भर्खरै देशको प्रशासनिक क्षेत्रमा महिला प्रतिनिधित्व बढ्दैछ”, विसुङ्खेले भने, “ विसं २००४ मा नेपालमा राजनीति गर्ने एक महिला सहाना प्रधान, २०१५ सालमा द्वारिकादेवी ठकुरानी, २०५४ सालमा नेपालका एक हजार १२० महिला वडा सदस्य हुँदै हाल १४ हजार ३५२ महिला स्थानीय तहमा पुग्नुभयो, त्यसमा सरकारले एक दलित अनिवार्य गर्नाले सात हजार दलित महिलाले स्थानीय तहमा भूमिका निर्वाह गर्ने अवसर पाए तर पनि संविधानको धारा ३८ को उपधारा ४ मा राज्यको हरेक निकायमा महिलाको अधिकार सुनिश्चित हुनुपर्छ भनिए तापनि महिला सहभागिता सुनिश्चितता भइसकेको छैन । ”
यदि महिलाले हरेक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने अवसर पाएमा हिंसाको घटना घट्ने उहाँको विश्वास थियो । “हाल स्थानीय तहमा चुनिएका महिला क्षमतावान् छैनन् भन्ने कुरा सुन्न आएको छ । महिलालाई क्षमतावान् बनाउन लाग्नुपर्छ झन् आगोमा घिउ थप्ने काम गर्नुहुन्न”, उनले भने ।
राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले आयोगले ११४५ नामक सम्बोधन परियोजनामार्फत फागुनमा एक हजार ६ सय कललाई कानुनी परामर्श दिएको जानकारी दिए ।
“ आयोगमा पीडित र पीडक दुवैलाई बोलाएर २५ प्रतिशत मुद्दा मिलायौँ”, ठाकुरले भने, “अर्को वर्षदेखि हिंसा अन्त्यको लागि प्रदेशमा सम्बोधन परियोजना विस्तार गर्ने योजनामा अघि बढेका छौँ ।”
आयोगका निर्देशक मुरारी घिमिरले आयोगमा महिला अधिकृतको सङ्ख्या ४० प्रतिशत पुगेको जानकारी दिए । “आयोगले कर्मचारी महिलालाई पुरुषलाई भन्दा बढी सुविधा दिएको छ, त्यसैले भर्खरै आमा भएकाका लागि शिशु कक्षको व्यवस्था गरिसक्यौँ”, घिमिरेले भने, “महिलाको क्षमता अभिवृद्धिका लागि आयोगले विभिन्न काम अघि बढाएको छ, हरेक क्षेत्रमा अधिकार दिए तापनि हिंसा बढ्दै छ भन्ने कुराको जानकारी पाउन सकिएको छैन । ”
मानव अधिकारकर्मी गोपाल शिवाकोटीले बसाइँसराइको कारण महिलाको अवस्था झन् दयनीय बन्दै गएको जानकारी दिए। “मधेशलगायत थरुहट आन्दोलनमा थप महिला पीडित भएका छन्”, शिवाकोटीले भने। ओरेक नेपालका संस्थापक अध्यक्ष डा रेणु अधिकारीले जबसम्म महिलामा मेरो शरीर मेरो मात्र हो भन्ने आत्मविश्वास हुँदैन, तबसम्म हिंसा न्यूनीकरण हुँदैन भने। “महिला स्वयं आत्मनिर्भरताको अधिकार स्थापित गर्न लागिपर्नुपर्छ ” उनले भने ।
ओरेक नेपालका अध्यक्ष ज्योत्सना मास्केले महिलामा पूर्ण एकताको भावना विकास हुनुपर्ने बताए । ओरेक नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले नेपालमा ३० प्रतिशत महिला स्थानीय तहमा पुगेकामा तीमध्ये एक प्रतिशत वडाध्यक्ष भएको र झण्डै दुई प्रतिशत नगर प्रमुखमा उम्मेदवारी बढेकामा सकारात्मक पक्ष भएको बताए। “समाजमा महिलाको सहभागिता बढेसँगै गत वर्ष मात्र ६४ प्रतिशत महिला घरेलु हिंसामा परेको कुरा दुःखलाग्दो छ, उनले भने ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजुद्धशालिक इन्द्रचोक फुटपाथ विस्तारको कार्य अन्तर्गत बिजुलीको पोल र तार हटाउँदै [ फोटो फिचर ]
कात्तिक २९, २०८१ बिहिबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
लेक लाग्दा कसरी जोगिने ?
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार