आईपीएल क्रिकेट : राजस्थानको पहिलो जित, बैंगलोरको हार कायमै
इन्द्र रिजाल
चैत २०, २०७५ बुधबार १३:९:५
एजेन्सी । राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा पहिलो जित निकालेको छ ।
मंगलबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो । जयपुरमा बैंगलोरले दिएको १५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
राजस्थानको जितमा जोस बट्लरले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै स्टिभ स्मिथले ३८ रन जोड्दा कप्तान अजिंका रहानेले २२ रन बनाए । राहुल त्रिपाठी ३४ रनमा अविजित रहे । बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ गुमाएर १५८ रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै मार्कुस स्टोनिसले अविजित ३१ रन जोड्दा कप्तान विराट कोहलीले २३ रन बनाए । मोइन अली १८ रनमा अविजित रहे भने एबी डी भिलियर्सले १३ रन जोडे । राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए ।
जितसंगै राजस्थानले ४ खेलपछि पहिलो अंक जोडेको छ । छैटौं स्थानको राजस्थानले ४ खेलबाट २ अंक जोडेको छ । राजस्थानले यस अघिका ३ खेलमा भने लगातार हार व्यहोरेको थियो ।
बैंगलोरको भने यो लगातार चौंथो हार हो । चार खेलमा चार हार व्यहोरेको बैंगलोर लिगको पुछारमा रहेको छ । बैंगलोरले अंक जोड्न सकेको छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार